कसरी बढाउने यौन क्षमता ?

शुक्रबार, २४ फागुन २०७५, २१ : ५४
कसरी बढाउने यौन क्षमता ?

बुढेसकालमा यौन दुर्बलता हुनु स्वाभाविकै हो । बुढेसकालमा यौन चाहना हुने भए पनि यौन शक्ति कम हुँदै जान्छ । युवाअवस्थामै यौन दुर्बलता हुनु समस्या हो ।  व्यक्तिको तल्लो थालामस, पिट्युटरी ग्रन्थी र लक्षित अंगमा असर गर्ने हर्मनको ठूलो भूमिका हुन्छ । साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ । महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ । विभिन्न औषधि तथा दुव्र्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ । 

दुर्बलताका कारण    
दीर्घ रोगका कारणले त यौन क्षमतामा कमी आउने नै भयो । उच्च रक्तचाप, चिनिरोग, मुटुरोग, मानसिक रोग, मानसिक तथा सामाजिक समस्याका धारणाका कारणले पनि यौन क्षमतामा समस्या हुन्छ । 
यौनाङ्गको सोथ (दुख्ने, पोल्ने, रातो हुने, तातो हुने, सुन्निने र अंगले काम नगर्ने) कारणले यौन दुर्बलता हुन्छ । यौनाङ्गको सोथ कुनै पनि यौनाङ्गको रोगका लक्षण तथा चिह्न हुन् । 

पुरुषको यौनाङ्गको अण्डाशय—पानी र इङ्गुइनल हर्निया हुँदा यौनाङ्गले पूर्ण काम गर्छन् तर यस्ता समस्याले यौन र यौन क्रिडामा भने समस्या हुन्छ । यौन सम्पर्क गर्न पुरुषको अण्डाशय—पानी र इङ्गुइनल हर्निया हुँदा प्रायः असम्भव नै हुन्छ । पुरुषमा इङ्गुइनल हर्निया अण्डाशयको आसपासमा हुन्छ । यस्तो किसिमको हर्निया महिलामा पनि हुन्छ । 

विशेषगरी हृदयाघात र हृदयाघात उपचारपछिको समय धेरै संवेदनशील समय हो । यस समयमा यौन क्षमतामा समस्या हुनु स्वाभाविकै हो । 

चिनिरोगमा धमनी र शिराको कोलेस्ट्रोल जम्मा भई शिरा र धमनी बाक्लो हुन्छ । यसको परिणामस्वरुप यौनाङ्गमा रक्त सञ्चारको कमी हुन्छ । चिनीरोगको समस्या भएको अवस्थामा मानसिक रुपमा यौन चाहना अत्यधिक भए पनि शारीरिक रुपमा भने यौन शक्ति क्षीण हुँदै जान्छ । 
यौन दुर्बलता महसुस भएको खण्डमा यौन सम्पर्कका लागि यौन शक्ति बढाउने उपाय अवलम्बन गर्न सकिन्छ । यौन शक्ति तथा क्षमता बढाउने केही उपाय छन् । आफूसँग  सामान्य रुपमा भएको यौन क्षमता व्यायाम, मालिस र औषधिले वृद्धि गर्न सकिन्छ । 

यौन शक्तिबद्र्धक औषधि
यौन शक्ति बढाउने विभिन्न भियग्रा पाइन्छन् । सिलाजित, यार्सागुम्बा, च्याबनप्रास चल्तीका यौन शक्तिबद्र्धक आयुर्वेदिक औषधि हुन् । सिलाजित, यार्सागुम्बा, च्याबनप्रासजस्ता यौनबद्र्धक औषधिको प्रयोग गर्दा आयुर्वेदिक चिकित्सकसँग सल्लाह गर्दा राम्रो हुन्छ । 

सिटेड सिल्डेनाफिल पनि यौन शक्ति बढाउने औषधि हो । भियग्रा हो । तर यसको बेफाइदा पनि छ । सिल्डेनाफिल औषधिको प्रयोगले फोक्सोसम्बन्धी समस्या हुनुका साथै उच्च रक्तचाप र हृदयाघातको जोखिम हुन्छ । त्यसैले चिकित्सकको सल्लाहविना कुनै पनि किसिमका यौनबद्र्धक औषधिको प्रयोग गर्नु हुन्न । 

प्रतिक्रिया दिनुहोस