‘साथीहरूको प्रेमपत्र धेरै लेखियो’

शुक्रबार, २४ फागुन २०७५, १९ : ०४
‘साथीहरूको प्रेमपत्र धेरै लेखियो’

मैले कक्षा एकदेखि १० सम्म मोरङको जनता सेकन्डरी स्कुलमा पढेँ। सानैदेखि बदमास, चञ्चले स्वभावको थिएँ। साथीहरूसँग मेरो झगडा परिरहन्थ्यो। पढ्दा पहिलो बेन्चमै बस्थेँ। कक्षामा सर÷मिस आउनुभएन भने लास्ट बेन्चमा बस्न रुचाउँथेँ। स्कुलमा अनुशासन कडा थियो। म पढ्ने विद्यार्थीमै गनिन्थेँ।

गणित मेरो मन पर्ने विषय थियो। हाम्रो स्कुलमा कृषि विषय पनि पढाइन्थ्यो। मलाई त्यो विषय फिटिक्कै मन पर्र्दैन थियो। त्यसैले गणितको कक्षा पढेर धेरै पटक स्कुलबाट भागेको छु।

मलाई सर÷मिसले धेरै माया गर्नुहुन्थ्यो। बदमास भए पनि पढ्नमा राम्रो थिएँ। त्यसैले होला उहाँहरूले रुचाएको। कक्षामा सबैभन्दा सानो विद्यार्थी थिएँ। सबैले ‘सानो’ भन्दै जिस्काउँथे। कक्षा १० मा पुग्दा पनि छ–सात कक्षाको विद्यार्थीजस्तो देखिन्थेँ।

गणित पढाउने युवराज सरसँग एकदमै नजिक थिएँ। उहाँ मलाई एकदमै माया गर्नुहुन्थ्यो। उहाँको विषयमा कक्षामा भइनँ भने ‘कता गइस् ? के गरिस् ?’ भनेर सोध्नुहुन्थ्यो। केही गल्ती गर्दा सबैभन्दा पहिला उहाँले नै मलाई कुट्नुहुन्थ्यो। उहाँको पिरियडमा पहिलो बेन्चमा बस्थेँ। उहाँको कक्षा छोडेर भाग्ने हिम्मत कहिल्यै आएन।

जाँचपछि स्कुल बन्द हुन्थ्यो। त्यति बेला साथीहरूसँग मिलेर खूब उपद्रो गर्थें। भोलिदेखि बिदा, कसैले केही भन्दैन, सरहरूको पिटाइ पनि खानु पर्दैन भन्दै स्कुलमा भएका सामान बिगार्ने, फुटाइदिने गथ्र्यौं। बिदा सकिएको भोलिपल्ट चाहिँ स्कुल जान डर लाग्थ्यो। पिटाइ खाने डरले स्कुल जान मन लाग्दैन थियो।

जाँच सकिएको दिन साथीहरूसँग ग्याङ बनाएर झगडा गथ्र्यौं। म सबैभन्दा सानो भएकाले साथीहरूले पनि मलाई माया गर्थे। म आफूले जानेको हिसाब उनीहरूलाई सिकाउँथेँ। हामीले सरहरूका उपनाम राखिदिएका थियौँ। एउटा सरको हातमा धेरै रौँ थिए। हामी उहाँलाई ‘झुसिले सर’ भन्थ्यो। कहिलेकाहीँ त सरकै अगाडि ‘झुझु’ भन्ने हिन्दी गीत गाउँथ्यौँ। मैले साथीहरूको र उनीहरूले मेरो उपनाम राखेका थिए। साथीहरूले मलाई ‘तिखे’ भन्थे। मैले साथीहरूको ‘गोफ्ले’, ‘भूत’, ‘चौरासी’ नाम राखेको थिएँ।

मेरो कक्षामा सन्तोष खतिवडा भन्ने साथी थियो। ऊसँग मेरो झगडा परेको थियो। तर, ऊ मभन्दा बलियो थियो। मैले उसलाई कुट्न सक्ने थिइनँ। उसको भाइ कक्षा छमा पढ्थ्यो। त्यति बेला मोरङतिर खुर्सानी धेरै रोप्ने चलन थियो। मैले बारीबाट सानो पिरो खुर्सानी टिपेर सन्तोषको भाइको आँखामा दलिदिएँ। ऊ त बेहोशजस्तै भयो। त्यो देखेर म डराएँ र त्यहाँबाट टाप कसेँ। पछि साथीहरूले खोजेर मलाई सरका सामु पु¥याए। युवराज सरले खूब पिट्नुभयो।

पढ्दाताका मैले कसैलाई प्रेम प्रस्ताव राखिनँ। साथीहरूको चिठी भने धेरै लेखिदिन्थेँ। मलाई भाषाको रामै्र ज्ञान थियो। त्यसैले साथीहरूको प्रेमपत्र लेख्ने जिम्मा मेरै थियो। सम्पूर्ण बाट

प्रतिक्रिया दिनुहोस