अपांगता भएका मानिसको यौन जीवन

बुधबार, २२ फागुन २०७५, २१ : ३९
अपांगता भएका मानिसको यौन जीवन

डा. सुमनराज ताम्राकार
एल, हेटौँडाको प्रश्न : अपांगता भएका व्यक्तिले कसरी स्वस्थ यौन जीवन अगाडि बढाउन सक्छन्?

शैक्षिक वातावरण तथा चेतनशील विचारका कारणले विशेषतः शहरी क्षेत्रमा शारीरिक रूपमा भिन्न क्षमता भएका व्यक्तिको प्रजनन स्वास्थ्य तथा यौन हक एवं अधिकारका विषयमा छलफल हुन थालेको देखिन्छ। 

अपांगता विभिन्न खालका हुन सक्छन्। कतिपय अपांगताले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यौन जीवनमा असर पार्न सक्छ। मस्तिष्क एवं स्नायु प्रणालीसँग सम्बन्धित गम्भीर खालका अपांगता भएकाबाहेक अन्य अपांगता भएका व्यक्तिको यौनेच्छा, यौन चाहना, यौन क्षमता सबलांग व्यक्तिको जस्तै हुन सक्छ।

यही कुरा व्यक्तिका परिवार, आफन्तजन तथा तिनीहरूको उपचारमा आबद्ध स्वास्थ्यकर्मीले तिनीहरूको यौन स्वास्थ्यबारे चासो राख्ने तथा आवश्यक छलफल गर्नुपर्ने बेला भइसकेको छ।

त्यसो त यौनिक हिसाबले सक्रिय उमेरमा मस्तिष्काघातको समस्या निकै कम नै छ भने प्रौढावस्थामा स्वाभाविक रूपमा यौन कार्य क्रियाकलाप घट्छ। तर, पनि मस्तिष्काघातले विभिन्न यौनांगको कार्य क्षमतालाई नकारात्मक असर पुर्‍याउने भएकोले यौन जीवन निराश हुन सक्छ। तर, यसो भन्दैमा यौन जीवन पूर्ण रूपमा समाप्त हुन्छ भन्ने होइन।

मस्तिष्काघातको असरको प्रकृति हेरी यौनांगको स्पर्श, घर्षण एवं यौन आनन्दका वैकल्पिक उपाय तथा उपयुक्त आसन प्रयोग गरेर यौन सम्बन्ध भने राख्न सकिन्छ। मस्तिष्काघात हुनुको कारण (उच्च रक्तचाप) तथा मस्तिष्काघातको लागि प्रयोग गरिएका औषधिबाट पनि यौन जीवनमा नकारात्मक प्रभाव परिरहेको हुन सक्छ।

यौनिक दृष्टिले संवेदनशील अंगको परिकल्पना, स्पर्श, गन्ध एवं घर्षणले अधिक यौन आनन्द लिन सकिने भएकोले दृष्टिको हिसाबले अपांगताले त्यति सारो फरक पार्दैन। तर, कतिपय यौनिक वस्तुको रसास्वादन आँखाले गर्ने हुनाले पूर्ण मात्रामा यौन आनन्द भने प्राप्त नहुन सक्छ।

यौन अपिल तथा यौन क्रियाकलापमा यौनिक भलाकुसारीको आफ्नै महत्व छ। भनिन्छ, प्राक्क्रीडाको क्रममा कानेखुसी गर्नु तथा कान टोक्नुको छुट्टै मज्जा छ। यौन कार्य एवं चरम सुुखका क्रममा निस्किने आवाजको पृथक महत्व छ।

हातखुट्टा नै नभए पनि यौन सुख प्राप्त गर्ने क्रियाकलापका विभिन्न प्रक्रिया भने सबल नै हुन सक्छ। पहिलो नजरमा यौन आकर्षण घट्ला कि भन्ने डर हो।

सुमधुर संगीतले यौन सम्बन्धमा थप मादकता प्रदान गर्छ। तर, स्पर्श, दृष्टि, घर्षण, परिकल्पनाले यौन आनन्द लिन सकिने हुनाले श्रवणशक्ति कमजोर हुँदैमा यौनिक हिसाबले अन्यथा मान्नुपर्दैन।

मेरुदण्डमा गम्भीर खालको चोट लागेको व्यक्तिको यौन क्षमता प्रभावित हुन सक्छ। विशेषतः कम्मरमुनिको यौनांग तथा यौन संवेदनशीलता मेरुदण्डमार्पmत नै मस्तिष्कले अनुभूति गर्ने तथा सोहीअनुरूप प्रतिक्रिया जनाउने हुनाले यौनिक दृष्टिले मेरुदण्डको चोटलाई हल्का लिनु हुँदैन।

मेरुदण्डका चोटका कारण यौन उत्तेजना, चरम सन्तुष्टिमै समस्या उत्पन्न हुन सक्छ भने मांसपेशी तथा हड्डीको सञ्चालनमै समस्या आई आवश्यक यौन क्रियाकलाप गर्न नै समस्या हुन सक्छ।

हातखुट्टा नै नभए पनि यौन सुख प्राप्त गर्ने क्रियाकलापका विभिन्न प्रक्रिया भने सबल नै हुन सक्छ। पहिलो नजरमा यौन आकर्षण घट्ला कि भन्ने डर हो। मायालु यौन साथीको मद्दत पाइएको खण्डमा यौन आनन्दका वैकल्पिक उपाय र उपयुक्त यौन आसन अपनाएर यौन सुख प्राप्त गर्न सकिन्छ।

बाथ, उच्च युरिक एसिड तथा अन्य कारणले हाडजोर्नीमा समस्या आई जोर्नी सुन्निने, पीडा हुने, हातखुट्टा चलाउन गाह्रो हुने भएकोले यौन जीवनमा नकारात्मक असर पुग्न सक्छ। बेलैमा उपचार गरेको खण्डमा शारीरिक क्षमताका साथै यौन कार्य क्षमतामा पनि सुधार आउँछ।

यसरी विभिन्न स्वास्थ्य समस्या तथा यसको परिणतिस्वरूप उब्जिने अपांगताका कारण यौन जीवन पूर्णतः समाप्त भइसकेको हुँदैन। अपांगता भएका व्यक्तिको यौन जीवन उकास्ने जिम्मा यौन साथीको हातमा हुन्छ। उनले अपांगता भएको व्यक्तिलाई यौनिक हिसाबले सहज हुने किसिमले सघाउनुपर्छ।

अपांगता भएको व्यक्तिले पनि आफ्नो यौन चाहना, यौनेच्छा प्रकट गर्ने तथा आपूmलाई लागेको असहजता छलफल गर्ने बानी गर्नुपर्छ। सम्पूर्ण बाट

प्रतिक्रिया दिनुहोस