दिदीको दूध बहिनीलाई ओखती

बुधबार, २२ फागुन २०७५, १४ : ५६
दिदीको दूध बहिनीलाई ओखती

तामेरा मोरी–हाउसली र तिया मोरी हार्डि«क्ट जुम्ल्याहा दिदीबहिनी हुन् । उनीहरू अभिनेत्री हुन् । हाल दुवै जना ४० वर्षका भए । सन् १९९० को दशकमा उनीहरू अभिनीत ‘सिस्टर–सिस्टर’ हास्य शृंखला चर्चित थियो । यी अमेरिकी दिदीबहिनी हालसालै फेरि चर्चामा छाएका छन् ।  

उनीहरूले आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पु¥याएका छन् । केही दिनअघि दिदी तियाले बहिनी तामेरा बिरामी परेपछि आफ्नो दूध खुवाएर उनलाई निको पारेको समाचार सार्वजनिक भयो । 

तामेरा दुई बच्चाकी आमा हुन् । केही समयअघि उनी बिरामी परेकी थिइन् । उनकी दिदी तियाले स्तनपानका फाइदाबारे विभिन्न लेख पढेकी थिइन् । उनले बहिनीलाई आफ्नो दूध खुवाएर निको पार्ने सोचिन् । उनको सोचले काम ग¥यो । 

तामेराले इन्स्टाग्राममा एक मग दूध हातमा लिएको भिडियो सेयर गर्दै लेखेकी थिइन्, ‘तिया, यो साँच्चिकै गजब छ । तिम्रो स्तनको दूध मैले जीवनमा खाएको सबैभन्दा उत्तम दूध हो ।’ 

तियाले पनि यो पोस्ट सेयर गरिन् र लेखिन्, ‘मेरी बहिनी बिरामी थिइन् । मैले आमाको दूधमा रोग निको पार्ने शक्ति हुन्छ भन्ने पढेकी थिएँ । त्यसैले बहिनीलाई आफ्नो दूध खुवाउने निधो गरेँ ।’ तियाका पनि दुई बच्चा छन् । 

यी दिदीबहिनीको यो कदमबारे भने उनीहरूका प्रशंसक विभाजित छन् । साढे तीन लाखभन्दा बढी पटक हेरिएको भिडियोमा एक जनाले टिप्पणी गरेका छन्, ‘आमाको दूध सुनौलो तरल पदार्थ हो ।’ अर्का एक जनाले भने ‘बाल्यकालमा बाहेक यसरी दूध खानु खराब हो’ भन्ने मत राखेका छन् । 

वयस्कहरूले स्तनपान गर्दा रोग निको हुने कुराको कुनै वैज्ञानिक आधार नभएको विज्ञहरूको भनाइ छ । - सम्पूर्ण साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस