क्रिश्चियन धर्मका प्रर्वद्धक जिसस क्राइस्टको स्वरुप आकाशमा देखिएपछि...

एजेन्सी

मंगलबार, २१ फागुन २०७५, १८ : २३
क्रिश्चियन धर्मका प्रर्वद्धक जिसस क्राइस्टको स्वरुप आकाशमा देखिएपछि...

रोम । क्रिश्चियन धर्मका प्रर्वद्धक जिसस क्राइस्टको स्वरुप जस्तै देखिने एउटा तस्विर इटलीको आकाशमा देखिएपछि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
नाटकीय रुपमा सूर्यलाई बादलले छेकेपछि बनेको दृश्य जिसस जस्तै देखिन्छ । इटलीको अग्रोपोली सहरका अल्फ्रेडो लो बु्रटोले आकाशमा देखिएको उक्त दृश्य क्यामरामा कैद गरेका थिए ।
समुद्रमाथि सूर्य अस्ताउने बेला  बादलले छेकेपछि बनेको यो उनले उनले सामाजिक सञ्जालमा राखेका थिए । धेरैले सेयर गर्दै जिससको दृश्य भन्दै सेयर गरेका छन् । 'तस्विर खिच्ने उनलाई समेत थाहा थिएन तस्विर भाइरल बन्छ भनेर' डेलिमेलले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस