अझै कुरा मिलेन कांग्रेसमा

पत्रपत्रिकाबाट

मंगलबार, २१ फागुन २०७५, ०७ : ५६
अझै कुरा मिलेन कांग्रेसमा

काठमाडौं । नेविसंघ विवाद, अनुशासन–निर्वाचन समिति गठनसहितका मुद्दामा शीर्ष नेताको मत नमिलेपछि कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। शीर्ष नेताको तिक्तताका कारण १४ फागुनमा बैठकनै नबसि स्थगित केन्द्रीय समिति अनिश्चित बनेको हो।

विवादिन विषयमा परामर्श गर्न सभापति शेरबहादुर देउवाको कार्यकक्षमा वरिष्ट नेतासहितको शीर्ष नेतृत्वको अनौपचारिक बैठक भएको थियो। यी विषय टुंगो नलागेसम्म बैठकमा नजाने भन्दै सभापतिकै कार्यकक्षबाट बाहिरिएपछि देउवाले बैठक स्थगित गरेका थिए।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मुखमै आइसकेको छ भन्दै सिटौलाले भने, ‘हाम्रो विद्यार्थी संगठनको केन्द्रीय समिति छैन। हामीले कसरी अगाडि बढ्न खाजेका हौं। त्यो नै अस्पष्ट देखियो।’

आइतबार मात्रै आफ्ना नजिकका विद्यार्थी नेतासँग अनौपचारिक छलफल गरेका नेता सिटौलाले जिल्लातर्फ गएर संगठन निर्माणमा लाग्न निर्देशन दिएका थिए। सभापति देउवा र विपक्षी खेममा नेताबीचमा अनौपचारिक कुराकानी नबढे पनि दुवै पक्षको आ–आफ्नो समूहको अनौपचारिक छलफल गरिरहेका छन्। याे समाचार नवीन झाले अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस