८२ डिएसपीको सरुवा,कसलाई कहाँ ?

पत्रपत्रिकाबाट

मंगलबार, २१ फागुन २०७५, ०७ : ३५
८२ डिएसपीको सरुवा,कसलाई कहाँ ?

प्रहरी प्रधान कार्यालयले ८२ जना डिएसपीको सरुवा तथा ६४ जनाको पदस्थापन गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुला, हुम्ला र मनाङका प्रमुख फेरिएका छन् । दार्चुलामा डिएसपी दीपेन्द्र शाहीलाई पठाइएको छ । गत महिना डिएसपी भेषराज रिजालको दार्चुलामा सरुवा भएकोमा उनी व्यक्तिगत कारणले त्यहाँ जान नसकेपछि शाहीलाई पठाइएको हो ।

मुस्ताङमा तुलबहादुर कार्की र हुम्लामा रामप्रसाद घर्तीलाई पठाइएको छ । इलाका प्रहरी कार्यालय इटहरी र बर्दिवासका प्रमुख पनि फेरिएका छन् । इटहरीमा समीरचन्द्र खरेल तथा बर्दिवासमा निशान थापालाई सरुवा गरिएको छ । यसअघि इन्चार्जका रूपमा काजमा पठाइएका अन्य डिएसपी त्यहीँ पदस्थापन भएका छन् । त्यस्तै, आइतबार बढुवा भएका ६४ जना डिएसपीको सोमबार पदस्थापन भएको छ । 

प्रतिक्रिया दिनुहोस