पद्मोदय खुल्ला नकाउट पुरुष भलिबलको उपाधी चुल्होलाई

सफल खबर संवाददाता

सोमबार, २० फागुन २०७५, १९ : १५
पद्मोदय खुल्ला नकाउट पुरुष भलिबलको उपाधी चुल्होलाई

चितवन । पर्यटकीय नगरी पटिहानीमा सम्पन्न पद्मोदय खुल्ला नकाउट पुरुष भलिबलको उपाधी चुल्हो रेस्टुरेण्ट नारायणगढले जितेको छ । महाशिवरात्रीको अवसरमा पद्मोदय युवा क्लबको आयोजनामा आज (सोमबार) भएको फाइनल खेलमा कालीबहादुर गणलाई पराजित गर्दै चुल्होले उपाधि उचालेको हो ।
चुल्होले कालीबहादुर गणलाई २५–१५, २१–२५,२५–१३ र २५–१६ को सेटमा पराजित गरेको हो । डि.ए.सी. बल्हुवालाई सेमिफाइनलमा पराजित गर्दै चुल्हो फाइनल प्रवेश गरेको थियो । बल्हुवालाई २५–१८,२५–२७,२५–१४ र २५–२३ को सेटमा पराजित गर्दै चुल्होले फाइनल यात्रा तय गरेको थियो । कालीबहादुर  गणले हनुमाननगरलाई २५–२२, २३–२५,२५–२१ र २५–१५ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा प्रथम भएको चुल्हो रेस्टुरेण्टले  रु ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । द्वितीय हुने कालीबहादुर गणले रु ३० हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा  सान्त्वना हुने हनुमान नगर र  डि.ए.सी. बल्हुवाले समान रु १०र१० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त  गरे ।
प्रतियोगितामा हनुमान नगर अनुशासित टिम घोषित हुँदा चुल्होका किरण चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।  प्रतियोगिताको भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी युवा तथा खेलकुद परिषद   प्रबर्द्धक रहेका थिए  । आज भएको समापन समारोह भरतपुर वडा न २२ का कार्यबाहक वडा अध्यक्ष प्रेम बहादुर थापाको प्रमुख आतिथ्यता एवं क्लवका अध्यक्ष रामहरि सेढाईको अध्यक्षतामा भएको हो ।

 

प्रतिक्रिया दिनुहोस