सङ्घीयता विरोधी गतिविधि स्वीकार्य छैन : मुख्यमन्त्री राउत

आइतबार, १९ फागुन २०७५, १९ : १९
सङ्घीयता विरोधी गतिविधि स्वीकार्य छैन : मुख्यमन्त्री राउत

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता विरोधी कुनै पनि गतिविधि आफूलाई स्वीकार्य नहुने बताउनुभएको छ । चेतना नेपालद्वारा आज जनकपुरमा आयोजित सङ्घीयता कार्यान्वयन विषय अन्तक्र्रियामा उहाँले सयौँ मधेशी युवाको बलिदानीबाट प्राप्त सङ्घीयता समाप्त गर्ने षडयन्त्र कही कतैबाट भए त्यस्ता गतिविधि विरुद्ध प्रदेश सरकार अग्रणी मोर्चामा खडा हुने उल्लेख गर्नुभयो । 

सङ्घीय सरकारले आन्तरिक सुरक्षाको नाममा प्रदेशमा समानान्तर सरकार चलाउन खोजेको आरोप लगाउनुहुँदै मुख्यमन्त्री राउतले संविधान र सङ्घीयताको भावना विपरित ल्याइएको आन्तरिक सुरक्षासम्बन्धी विधेयक आफूले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताउनुभयो । 
संविधानको अक्षरश पालना नै अहिले प्रमुख आवश्यकता रहेको जिकिर गर्नुहुँदै उहाँले संविधानको भावना विपरित कुनै पनि गतिविधि भए आफूहरु सडक र सदन मात्र नभई संवैधानिक अदालतसमेत जाने चेतावनी दिनुभयो । उहाँले प्रदेश सरकारले चाँडै आफ्नो शासन प्रशासन स्थापना गर्ने दाबी गर्नुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस