पद्मोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता: पदमोदय र निरन्तर पार्वतीपुरको बिजयी सुरुवात

सफल खबर संवाददाता

शनिबार, १८ फागुन २०७५, १९ : २८
पद्मोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता: पदमोदय र निरन्तर पार्वतीपुरको बिजयी सुरुवात

चितवन । पर्यटकीय नगरी पटिहानीमा “पद्मोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७५”आजदेखि सुरु भएको छ । आज भएको उद्घाटन खेलमा आयोजक पद्मोदय युवा क्लब बिजयी भएको छ । पद्मोदयले कन्चन समाज बिकास परिषदलाई २५–२०, २२–२५ , २५–१५ र १५–१० को सेटमा पराजित गरेको हो ।
आज भएको दोस्रो खेलमा निरन्तर पार्वतीपुरले हिमाल युवा क्लबलाइ पराजित गर्यो । हिमाल युवा क्लब २५–१७, २५–२७ र २५–२१ को सेटमा पराजित भएको हो । त्यस्तै भोलि (आइतवार)को पहिलो खेल सशस्त्र प्रहरी बल, भण्डारा र डि.ए.सी. बल्हुवा बीच हुने क्लवका अध्यक्ष रामहरि सेढाईले बताए ।
शिवरात्रिको अवसरमा पद्मोदय युवा क्लबको आयोजनामा जारि २० गते सम्म प्रतियोगिता संचालन हुनेछ । हरेक वर्षको महाशिवरात्रीको अवसरमा प्रतियोगिता हुदै आएको छ । प्रतियोगितामा १५ टोलीको सहभागिता हुने क्लबका अध्यक्ष सेढाईले जानकारी दिए ।
भलिवल प्रतियोगितामा प्रथम, द्वितीय र सान्त्वना हुने टिमले क्रमशः नगद रु५० हजार, रु ३० हजार र रु १०र१० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विभिन्न बिधामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई आकर्षक पुरस्कारको समेत ब्यबस्था गरिएको छ । प्रतियोगिताका प्रबर्द्धकहरुमा भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी युवा तथा खेलकुद परिषद रहेका छन् । बिगत लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको क्लबले राष्ट्रिय र अन्तर्रा््िष्ट्रय स्तरको भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस