श्रद्धाञ्जली

भावविह्वल बन्यो टुँडिखेल : तस्विरमा हेर्नुहोस् अन्तिम बिदाइ

सफल खबर संवाददाता

शुक्रबार, १७ फागुन २०७५, १० : २६
भावविह्वल बन्यो टुँडिखेल : तस्विरमा हेर्नुहोस् अन्तिम बिदाइ

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएकाको शव अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा पुर्‍याइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव टुँडिखेलमा पुर्‍याइएको हो ।

राष्ट्रिय झण्डा ओढाउने क्रममा प्रधानमन्त्री ओली भावुक मुद्रामा देखिन्थे । यस्तै उनको पार्थिव शरीरमा पार्टीको झण्डा पनि ओढाइएको । पार्थिव शरीरमा नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डले पार्टीके झण्डा ओढाएका थिए ।

 

अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।  यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिले पनि मृतकहरुलाई  श्रद्धाञ्जलि अर्पण गरेका छन् । अहिले टुँडिखेलमा ठूलो संख्यामा विभिन्न दलका नेता नेता कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ । श्रद्धाञ्जिली कार्यक्रममा अधिकारीकी धर्मपत्नी विद्या भावविह्वल अवस्थामा टुँडीखेल पुगेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस