अचेत भएपछि ऊर्जामन्त्री पुन नर्भिक अस्पतालमा भर्ना

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, २० : ५९
अचेत भएपछि ऊर्जामन्त्री पुन नर्भिक अस्पतालमा भर्ना

file photo

काठमाडौं ।  ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । अचेत भएपछि मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीका अनुसार मन्त्री पुनलाई अस्पतालको सीसीयुमा भर्ना गरिएको छ ।

नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् । मन्त्री पुनको परीक्षण सुरु भएको र थप विवरण आउन बाँकी रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस