अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कामले गति लियो, काउम्पाउडिङको काम केही दिनमै

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १९ : ३७
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कामले गति लियो, काउम्पाउडिङको काम केही दिनमै

चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ को डिपिआरको काम तिब्र रुपमा अघि बढेको छ । भरतपुर १५ मा निर्माण हुन लागेको क्रिकेट रंगशालाको डिपिआर ६ महिनाभित्र सकिसक्नु पर्ने भएकाले गुरु योजना र कर्मचारीहरुको नियुक्त गर्ने कामलाई अगाडि बढाईएको फाउण्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले जानकारी दिनुभयो ।
‘अहिलेसम्म ठक्याक्कै यति रकम उठ्यो भन्ने तथ्याङक त छैन, उहाँले भन्नुभयो, ‘ रंगशाला घोषणाको क्रममा काठमाडौंमा ४ करोड बढी संकलन भएको छ । त्यस्तै मलेशियाको कार्यक्रम, चितवनमा घोषणा भएको रकर र फाउण्डेशन काठमार्डाँै कार्यालयमा पनि संकलन हुने क्रम जारी छ ।’

उहाँले घोषणा भएका रकमहरु बैंकमा जम्मा हुने, काठमाडौँ कार्यालयमा सहयोग गर्नेको संख्या वृद्धि हुँदै गएको बताउनुभयो । फाउण्डेशनका उपाध्यक्ष समेत रहनु भएकी घिमिरेले अब चितवनमा स्थापना हुने साईड कार्यालयमा पनि आर्थिक सहयोग गर्न मिल्ने जानकारी दिनुभयो ।

मलेसियाको कार्यक्रमबाट सोचेभन्दा राम्रो आर्थिक संकलन भएको भन्दै उहाँले फेरि पनि कार्यक्रम लिएर मलेसिया आउन निम्तो पाएको बताउनुभयो । ‘ यो ठूलो परियोजना भएपनि ३ करोड नेपालीको साथले सजिलै निर्माण गर्न सकिन्छ' । उहाँले भन्नुभयो, ‘यो राष्ट्रको शान, जनताको मायाले नै रंगशालाको निर्माणमा लागेका हौ ।’

घिमिरेले रंगशाला निर्माणका लागि चाहिने आर्थिक सहयोगको विषयमा फाउण्डेशनले चितवनका व्यवसायी, दानविरहरुसँग छलफल गर्ने जानकारी दिनुभयो । रंगशालाको वाल कम्पाउडिङको काम केही दिनमा सुरु हुने पनि उहाँले जानकारी दिनुभयो । घिमिरेले डिपिआर निर्माण गर्न आर्थिक अभाव भएकाले यो गौरवको परियोजनामा साथ दिन आम नेपालीलाई आग्रह गर्नुभयो ।

डिपिआर सुभारम्भ भएको माघको २० गतेदेखि ६ महिनाभित्र डिपिआरको काम सम्पन्न गरिसक्नुपर्ने भएकाले फाउण्डेशनले डिपिआरको कामलाई तिब्र रुपमा अघि बढाईरहेको छ ।
‘क्रिकेट रंगशाला निर्माण गर्दै गर्दा हुने आर्थिक पारदर्शीका लागि फाउडेशनले सुचनामैत्री वातावरण तयार पार्ने छ’  भन्नुभयो, ‘ हामीले भष्ट्रचार गर्न, चर्चामा आउन भन्दा पनि आत्म सन्तुष्टीका लागि यो कार्य प्रारभ्भ गरेको हो । छातीमा हात राख्दै भनिन् हामी तपाईको एक रुपैयाँको दुरुपयोग गर्दैैनौ ।’

प्रतिक्रिया दिनुहोस