हात नधोएको १० वर्ष भयो

सोमबार, १३ फागुन २०७५, २१ : ४२
हात नधोएको १० वर्ष भयो

अमेरिकी समाचार च्यानल ‘फक्स न्युज’ का एक जना प्रस्तोताले गत हप्ता उदेकलाग्दो कुरा गरे । पिट हेग्सेथले अघिल्लो आइतबार आफ्नो कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’मा भने, ‘मैले हात नधोएको १० वर्ष भयो ।’

सहप्रस्तोता जेडेडिया बिलाले हेग्सेथले बासी पिज्जा खाएको खुलासा गरेकी थिइन् । प्रतिक्रियामा उनले भने, ‘पिज्जा हटका पिज्जा लामो समयसम्म ताजै रहन्छन् । मैले सन् २०१९ को संकल्प छ– म अफ–एयरमा भन्ने कुरा अन–एयरमा भन्नेछु । मैले हात नधोएको १० वर्ष भइसक्यो ।’

उनले संसारमा कीटाणु नामको चिज नहुने पनि बताए । ‘कीटाणु भन्ने चिज संसारमा हुँदैन,’ उनले भने, ‘मेरो आँखाले त्यसलाई देखेको छैन । त्यसैले कीटाणु हुँदैन ।’

सरसफाइमा ध्यान नदिने बानीकै कारण आफू बिरामी पर्ने नगरेको उनको अनौठो तर्क थियो । सामाजिक सञ्जालतिर उनलाई मूर्ख भन्दै उडाइएको छ । सम्पूर्ण बाट

प्रतिक्रिया दिनुहोस