नेविसंघको प्रदर्शनका क्रममा कांग्रेस कार्यालय परिसरमा झडप

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, १५ : ०५
नेविसंघको प्रदर्शनका क्रममा कांग्रेस कार्यालय परिसरमा झडप

काठमाडौं । नेविसंघको प्रदर्शनका क्रममा नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा परिसरमा झडप भएको छ ।
नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको हो । त्यसक्रममा पत्रकार केशव साउद समेत घाइते भएका छन् ।
विद्यार्थीहरु प्रदर्शनले उग्र रुप लिएपछि प्रहरले लाठी चार्ज पनि गरेको छ ।

निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी सुशील भट्ट नेतृत्वको टोलीले तदर्थ समित बनाउँदा ३२ वर्षे हदबन्दी लागु हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । काफ्ले समूहले ३२ वर्ष मूनिको तदर्थ समिति गठनको माग गर्दै आज बिहानैबाट नाराबाजी गर्दै आएको छ ।

यता, संस्थापन पक्षबाट उमेर हदको विपक्षमा ऋषिकेशजंग शाह नेतृत्वको टोलीले प्रशर्दन गरेको छ । उनीहरुले नेताहरुमाथि दुर्वव्यवहार गरेको पार्टीभित्र अनुशासन कायम हुनुपर्ने भन्दै प्रदर्शन गरेको हुन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुलाई पार्टी कार्यालयको मुल गेट प्रवेशमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस