कर्णालीलाई अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र बनाउने

शनिबार, ११ फागुन २०७५, २१ : २६
कर्णालीलाई अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र बनाउने

फाईल तस्विर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहाद्ुर शाहीले कर्णालीलाई अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र बनाइने बताउनुभएको छ

प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशद्वारा राजधानी वीरेन्द्रनगरमा आज आयोजित ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र निर्माणका लागि खेल क्षेत्रको सम्भावना खोज्ने बताउनुभएको हो । “हामी कर्णालीलाई खेलाडीको प्रदेशका नामले चिनाउछौँ”, उहाँले भन्नुभयो, “यो बहादुर र क्षमता भएका मान्छेको प्रदेश पनि हो ।”

कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलले नेपाली खेलाडीले देशको नाम उँचो राखेको तर्क गर्नुभयो ।
प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा १० वटा जिल्लाका खेलाडी सहभागी रहेको प्रदेश खेलकूद परिषद्का संयोजक शान्ति सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरमा भइरहेका २३ खेलका लागि एक हजार २४० खेलाडीले भाग लिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस