५ अर्ब रुपैयाँको हिरा !

बुधबार, ०८ फागुन २०७५, २० : ०५
५ अर्ब रुपैयाँको हिरा !

एजेन्सी । एक दुर्लभ गुलावी हिरा ५० मिलियन डलर अर्थात् करिव ५ अर्ब नेपाली रपैयाँमा बिक्री भएको छ। प्रति क्यारेट मूल्यको हिसाबले यस हिराले विश्व रेकर्ड नै बनाएको हो।

'पिङ्ग लेगेसी' नामको यो हिरा मात्र १९ क्यारेटको छ। जेनेवामा भएको एक लिलामीमा यस हिरालार्इ अमेरिकी ब्रान्ड ह्यारी विन्स्टनले खरिद गरेको हो।

नयाँ मालिकले यस हिरालार्इ नयाँ नाम दिएका छन्। हिराको नयाँ नाम 'विन्स्टन पिङ्क लेगेसी' हो। यो हिरा पहिले 'डी बियर्स खनन कम्पनी' चलाउले ओपेहाइमर परिवारको सम्पती थियो। क्रिस्टीन्ज अक्शन हाउसका इन्टरनेशनल हेड अफ ज्वइलरी राहुल कडाकियाका भन्छन्,'यसलार्इ विश्वको सबैभन्दा सुन्दर हिराको रुपमा हेरिन्छ। यसको गुलावी रङ्ग एक क्यारेटको के टुक्रामा पनि देखिन्छ।

क्रिस्टीन्ज अक्शन हाउसको युरोप प्रमुखका अनुसार यस हिराको प्रति क्यारेट मूल्य करिव ३० करोड रहेको छ। जो मुल्यले विश्व रिकर्ड समेत गराउको छ। यो हिरालार्इ लिलामीमा राखिएको पाँच मिनेटभित्रमा खरिद गरिएको थियो।

यो हिराको आकार आयताकार छ। यसलार्इ दक्षिण अफ्रीकाको एउटा खानीमा एकसय वर्ष पहिला फेला पारिएको थियो। क्रिस्टी अक्शन हाउसका अनुसार यस हिरालार्इ सन् १९२० को दशकबाट कुनै किसिमले टुक्रा पारिएको छैन।

प्रतिक्रिया दिनुहोस