होटलको उद्घाटन गर्दै सभापति देउवाले भने, देशमा लगानीमैत्री वातावरण भएन

बुधबार, ०८ फागुन २०७५, १५ : ०८
होटलको उद्घाटन गर्दै सभापति देउवाले भने, देशमा लगानीमैत्री वातावरण भएन

वीरगञ्ज । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लगानीमैत्री वातावरण बनाउन नसकेको अरोप लगाउनु भएको छ ।
बुधबार वीरगंजको आदर्श नगरस्थित होटल दियालोको उद्घाटन गर्दै उहाँले उद्योगमा लगानी गर्ने वातावरण नभएकै कारण यसको विकास हुन नसकेको बताउनुभयो ।
‘सरकारले लगानीमैत्री वातावरण बनाउन सकेन’ उहाँले भन्नुभयो,‘देशको आर्थिक वृद्धिदर अरालो लागदैछ । वैदेशिक लगानी भित्र्याउन पनि सरकार चुक्यो ।’
नेपाली काँग्रेस प्रजातन्त्रको रक्षाको लागि कहिले पछाडि नहटेको भन्दै उहाँले अहिले प्रजातन्त्रमाथि चारै तिरबाट हमलाको पार्टीले प्रतिकार गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गदि, नेपाली काँग्रेसका सहमहामनत्री प्रकाशसरण महत, केन्द्रीय सदस्य रमेश रिजाल, फमुल्लाह असारी, नेपाली काँग्रेस पर्साका सभापती अजय द्धिवेदी लगायतको उपस्थिती रहेको थियो ।
होटलका संचालक अनिल पटवारीले होटल केही दिनभित्र सञ्चालनमा आउने बताउनु भयो । करिब एक अर्वको लगानीमा निर्माण भएको होटल दियालोमा सुविधा सम्पन्न ६० वटा कोठा, बलाङकेट हल, एक स्विमिङ पुल तथा रेष्टुरेण्टे सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस