पौडिने होइन दौडिने माछा, वैज्ञानिक लागे जोगाउन (तस्वीरसहित)

मंगलबार, ०७ फागुन २०७५, १८ : ०८
पौडिने होइन दौडिने माछा, वैज्ञानिक लागे जोगाउन (तस्वीरसहित)

एजेन्सी । यो संसारको बनावट नै निकै विचित्रको छ । जसको संरचनामात्र होइन यहाँ पाइने अनेक जीवजन्तुहरुको बनावट पनि संसारलाई छक्क पार्ने किसिमको हुन्छ । विश्वमा यस्ता जीवजन्तुहरु पनि छन् जसको हामीले कल्पना गरेका पनि हुँदैनौ । विषेशगरी पानीमा रहने जीवजन्तुहरुले भने मानिसहरुलाई अचम्ममा पार्ने गर्छन । पानी भन्ने वित्तिकै धेरैले माछालाई सम्झि हाल्छन् । किनकी यो पानी विना बाँच्न सक्दैन । विश्वमा अनौठा माछाहरु पनि देखिएका छन् ।

हामीले प्रायः माछा पानीमा पौडिनेमात्र देख्दै आएका छाँै तर विश्वमा यस्ता माछा पनि छन् । जो पौडिदैनन्, तर दौडिन्छन । तास्मानिया र अष्ट्रेलियाको सानो क्षेत्रमा पाइने यस्तो माछालाई ह्याण्डफिस भनेर चिनिन्छ । जसको शरीरमा हात जस्तै २ अङ्ग हुन्छन । जसको मद्दतले उनीहरु दौडिन्छन । यी प्रजातिका माछा पौडिदैनन् तर समुन्द्रको पिँधमा गएर दौडिन मन पराउँछन ।

यतिबेला दुर्लभ मानिएको यो प्रजातिलाई जोगाउन वैज्ञानिकहरु लागिपरेका छन् । सन १९८० भन्दा अगाडि तास्मानियामा यो माछा निकै पाइन्थ्यो तर दुर्लभ हुँदै गएपछि यो प्रजातिको माछा लोप हुँदै गएको छ । सोही कारण वैज्ञानिकहरुले यो प्रजातिको माछा खोजेर भाले पोथी एकै ठाउँमा राखेर अण्डा बचाउने काम अगाडि बढाइरहेका छन् । ताकी यो प्रजातिको माछाको विनाश नहोस ।


 

प्रतिक्रिया दिनुहोस