सहोदर दाजु बहिनीको ६ वर्षकै उमेरमा विवाह, समाजिक सञ्जालमा भाईरल (तस्वीरसहित)

एजेन्सी

आइतबार, ०५ फागुन २०७५, १३ : १४
सहोदर दाजु बहिनीको ६ वर्षकै उमेरमा विवाह, समाजिक सञ्जालमा भाईरल (तस्वीरसहित)

बाल विवाह । त्यो पनि सहोदर दाजु बहिनीको । सुन्दा अचम्म लाग्ने कुरा तर सत्य कुरा । यो घटना भने थाईल्याण्डको हो । थाईल्याण्डको राजधानी बैंककमा आफ्नै परिवारले उनीहरुको धुमधामका साथ विवाह गरिदिएका छन् । उनीहरु जुम्ल्याह हुन् । यो कुरा पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल भएको छ ।

सन् २०१२ सेप्टेम्बरमा एकै दिन जन्मिएका हुन् । जन्मिएको ६ वर्ष पुगेकै दिन उनीहरुको विवाह भएको हो । पूर्वजन्ममा उनीहरु पति पत्नी भएको भन्दै उनीहरुको बिवाह गरेको स्थानीय संचार माध्यममार्फत परिवारले बताएका छन् । बौद्धमागीहरुले एकैदिन पुरुष र महिला सँगै जन्मिए कर्म सम्बन्धका कारण जन्मिएको विश्वास गर्ने गर्दछन् ।

उनीहरु लागेको क्रृण तिर्न नसकेपछि सगैं जन्म हुने विश्वास गर्दछन् । यहि विश्वासको कारणले गर्दा उनीहरुले दाजुबहिनीलाई ६ वर्षकै उमेर धुधामका साथ विवाह गराइदिएका हुन् ।


 

 

प्रतिक्रिया दिनुहोस