अनौठो कुकुरको अनौठो व्यवहार : जसले ७ महिने बालिकालाई दुर्घटनाबाट बचायो !

विहीबार, ०२ फागुन २०७५, २१ : ५०
अनौठो कुकुरको  अनौठो व्यवहार : जसले ७ महिने बालिकालाई दुर्घटनाबाट बचायो !

वासिङ्टन । कुकुर साँच्चिकै चेतनशील र विवेकी हुन्छ भन्ने कुरा अमेरिकाको हालैको एउटा घटनाले पुष्टि गरेको छ । टेक्ससस्थित एक महिलाले आफ्नो कुकुरको अनौठो हर्कतबारे जब विवरण सुनाइन्, यसले सबैलाई चकित बनायो ।

नेना चचेन्दा नाम गरेकी ती महिलाले आफैँले घरमा पालेको कुकरले देखाएको मानवीय व्यवहारबाट छिमेकीहरु चकित परेका हुन् । एक रात कुकुर बेस्सरी भुक्यो ।

सुरुमा उनले वास्ता गरिनन् । तर सहनै नसक्नेगरी भुक्न थालेपछि कोही आउँदै गरेको थाहा पाएर होला भन्ठानी नेनाले कुकुरलाई घाँटीको साङ्लो फुकालिदिइन् । कुकुर त उफ्रिँदै भित्र छिर्यो र कोठामा सुताइएकी उनकी सात महिना उमेरकी छोरीलाई मुखले च्यापेर बाहिर ल्यायो । छोरीलाई मुखमै त्यापेर ल्याएको देखेर ती महिला डराइन् र कुकुरसँग पनि रिसाइन् ।

कुकुरले भने ती बालिकालाई मुखमै च्यापेर फेरि बाहिर जान लाग्यो । कुकुरले बाहिर जान संकेत गरेपछि महिला पनि भित्र के हुँदैछ की भन्ने बल्ल संकेत पाइन् । खासमा उनको घर नजिकै ठूलो आगोलागी भइसकेको रहेछ । कुकुर बाहिर निस्किँदासम्म ती महिलाको घरसम्मै आगोले टिपिसकेको थियो । मानवीय क्षति हुन नपाए पनि आगोले धेरै क्षति पुर्याएको बताइन्छ ।

जब आगो निभाइयो त्यसपछि छिमेकीसँग ती महिलाले आफ्नो कुकुरको बारेमा सुनाइन् । कुकुरले देखाएको मानवीय व्यवहारबाट सबै दंग परे । एजेन्सी

प्रतिक्रिया दिनुहोस