जनयुद्ध दिवसको अवसर पारेर भरतपुरमा दिप प्रज्वलन

सफल खबर संवाददाता

बुधबार, ०१ फागुन २०७५, १९ : ४१
जनयुद्ध दिवसको अवसर पारेर  भरतपुरमा दिप प्रज्वलन

चितवन । वाईसीएल नेपाल भरतपुर ११ र युवा संघ नेपाल भरतपुर ११ को संयुक्त आयोजनामा २४ औं जनयुद्ध तथा जनआन्दोलन दिवसको अवसरमा बुधवार बसेनीमा दिप प्रज्वलन गरिएको छ ।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला नेता तेजेन्द्र खड्काले जनयुद्धका कारण देश अहिलेको अवस्थामा आइपुगेको बताउनु भयो । राजतन्त्रको विदाइ गरी गणतन्त्र ल्याउन जनयुद्धले महत्वपूर्ण भुमिका खेलेको उहाँको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि खड्काले नेकपाको सरकारले राम्रो काम गर्न लागेको देखेर देशमा विकास नचाहने शक्तिहरुले सरकारलाई असफल पार्न खोजिरहेको आरोप लगाउनु भयो ।

अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज इश्वर सापकोटा ‘सुमन’ ले जनयुद्ध तथा जनआन्दोलन दिवसको अवसरमा दिप प्रज्वलन गरेकोमा आयोजकको प्रशंसा गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि सुमनले १० वर्षे जनयुद्धले देशमा आमुल परिवर्तन ल्याएको बताउनु भयो । जनयुद्धका वेला ज्यान गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले शहीदको सपना पुरा गर्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो । 

युवा नेता सन्देश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर ११ का वडा अध्यक्ष बाबुराम अधिकारी, युवराज अधिकारी, प्रकाश अचार्य लगायतको उपस्थिति रहेको थियो । 


 

प्रतिक्रिया दिनुहोस