विराटनगरमा मुनामदन आधारित नाटक

मंगलबार, २९ माघ २०७५, २१ : २६
विराटनगरमा मुनामदन आधारित नाटक

महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुनामदन’मा आधारित नाटक हाल विराटनगरमा मञ्चन भइरहेको छ । विराट आदर्श साहित्यिक मञ्चले आरोहण गुरुकुलमा मुनामदन मञ्चन गरेको हो ।

यसअघि नै दुईपटक विराटनगरमा मञ्चन भइसकेको मुनामदन हेर्न अहिले पनि दर्शकको चाप उत्तिकै रहेको छ । विभिन्न समुदायसँगै विशेषगरी विद्यालयको मागका कारण मुनामदन मञ्चन गर्नुपरेको मञ्च तथा टिमका सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । उनका अनुसार मुनामदन चैतमा धरानमा मञ्चन गर्ने तयारी भइरहेको छ ।

दीपक कट्वालको नाट्य रूपान्तर रहेको नाटकलाई सविन कट्टेलले निर्देशन गरेका हुन् । नाटकमा लकेश दंगाल, सरु कट्वाल, मिलन चाम्लिङ, जीविका लिम्बू, वर्षा न्यौपानेलगायतको अभिनय गरेका छन् । मुनामदन ४ फागुनसम्म मञ्चन हुनेछ। नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस