सवारी साधनमा विद्यार्थीहरुलाई दिईनु पर्ने छुट नदिएको भन्दै प्रशासनमा नेविसंघको ज्ञापन पत्र

सोमबार, २८ माघ २०७५, १८ : ३६
सवारी साधनमा विद्यार्थीहरुलाई दिईनु पर्ने छुट नदिएको भन्दै प्रशासनमा नेविसंघको ज्ञापन पत्र

चितवन । नेपाल विद्यार्थी संघले सार्वजनिक सवारी साधनमा विद्यार्थीहरुलाई दिईनु पर्ने छुट नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनको ध्यानाकर्षण गराएको छ । नेबिसंघ केन्द्रिय सदस्य सरोज रेग्मीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक सवारी साधनले विद्यार्थीहरुलाई दिनु पर्ने छुट नदिएको भन्दै यसको कार्यान्वयनका लागि माग गरेको छ ।

सार्वजनिक सवारी साधनले मनपरी भाडा अशुल गर्दै आएको भन्दै यसलाई रोक्दै जन सरोकारका बिषयमा प्रशासनको ध्यान जान नसकेको नेबिसंघले जनाएको छ । यस्तै ज्ञापन पत्रमा ई रिक्सा, अटो रिक्साहरुको मनपरि भाडादर नियन्त्रण गर्न समेत माग गरिएको छ । रिक्साहरुले आफँुखुसी भाडा अशुल गर्दै आएको भन्दै यसलाई नियन्त्रणमा नलिए सर्वसाधारण मारमा पर्ने नेविसंघको ठहर रहेको छ ।

ज्ञापन पत्र बुझाउँदै केन्द्रिय सदस्य रेग्मीले जिल्लामा रहेका अस्पतालहरु र सिनेमा घरहरुले अनाबश्यक पार्कीङ शुल्क लिँदा बिद्यार्थी लगायत अन्य जनता मारमा पर्ने गरेको बताउनु भयो । शुल्क लिनु र त्यसको सदुपयोग गर्नु पर्नेमा लक्ष्ति व्यक्तिलाई समस्यामा पार्ने गरी शुल्क अशुल गर्न नहुने उहाँले बताउनु भयो ।

कृषि प्रधान देशमा उत्पादनले बजार नपाएको प्रति पनि नेबिसंघले चिन्ता व्यक्त गरेको छ । जिल्लामा उत्पादित वस्तुले वजार नपाउनु र अन्य क्षेत्रबाट ती खाद्यान्न ल्याईनुले जिल्लाका कृषक मारमा परेको भन्दै ज्ञापन पत्रमा बिचौलिया नियन्त्रणका लागि माग समेत गरिएको छ । यता कृषि तथा बन बिज्ञान बिश्व बिद्यालयका पदाधिकारी तथा कर्मचारीहरुले सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै नेबिसंघले आपत्ति जनाएको छ । सरकारी सम्पतिमा निजि नम्बरप्लेट राख्ने र सार्वजनिक विदाकोे दिन समेत संञ्चालन गर्ने गरेको भन्दै यसलाई रोक्न प्रशाशनले पहल चाल्न समेत आग्रह गरेको छ ।

नेबिसंघको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वस्नेतले बिद्यार्थीहरुले उठाएका जायज मागहरुको संम्बोधनका लागि काम अघि बढाउने बताउनु भयो । वजार अनुगमनको काम भईरहेको र केहि दिनमानै यी समस्या समाधान गर्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस