युथ क्लब नारायणगढ बाढ्यो बिपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, १७ : ४४
युथ क्लब नारायणगढ बाढ्यो बिपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

चितवन  । युथ क्लब नारायणगढले पूर्वी चितवनको अमृतपानी आधारभुत विद्यालयका विद्यार्थीलाई आज शैक्षिक सामग्री वितरण गरेको छ ।
सरस्वती पुजाको दिन पारेर क्लबले एकसय जना विद्यार्थीलाई शैक्षिक सामग्री एक समारोहका बिच वितरण गरेको हो । क्लका उपाध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा विपन्न तथा दलित समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा सरस्वती पुजा गर्दै उनीहरुलाई शैक्षिक सामग्री वितरण गरेको सस्थाका महासचिव शालिग्राम नेपालले जानकारी दिनु भयो ।
इट्टा उद्योगमा काम गर्ने मजदुरका छोराछोरी तथा त्यही क्षेत्रमा वसोबास गर्ने गरिब समुदायका विद्यार्थीले विद्यालयमा अध्ययन गर्दै आएका छन् । शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि राप्ती नगरपालिका वडा नं. ९ का सदस्य रामकुमार सुवेदीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । सामाजिक क्षेत्रमा काम गरेका यस्ता सस्थाले गरेको सहयोगले विद्यार्थीको शैक्षिक क्षेत्रमा ठुलो योगदान हुने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर पौडेलले विद्यालयको शैक्षिक अवस्था सुधारको लागि एकजनाले भन्दा पनि समुदायको नै साथ आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद देवकोटाले विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक बाहिरबाट सहयोग मागेर चलाउनु परेको बताउनु भयो । चन्दा उठाएर शिक्षकलाई तलब दिनु पर्ने, विद्यार्थीको शैक्षिक अवस्था बृद्धि गर्नको लागि पनि आवश्यक सामग्रीको अभावमा ज्यादै कठिन भएको बताउनु भयो ।
कार्यक्रममा युथ क्लब नारायणगढका पूर्व अध्यक्ष भुवन आचार्य, विद्यालयका स्रोत व्यक्ति सोमनाथ तिवारी, गाउघर क्लिनिकका अध्यक्ष तारा तिवारी, सामाजसेवी सन्तबहादुर विकलगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम क्लबका पूर्व उपाध्यक्ष रामचन्द्र आचार्यले सञ्चालन गर्नु भएको थियो ।    

 

प्रतिक्रिया दिनुहोस