गुप्तमा सुष्माको आइटम डान्स

सोमबार, २१ माघ २०७५, ०८ : ३१
गुप्तमा सुष्माको आइटम डान्स

नयाँ फिल्म गुप्तमा अभिनेत्री सुष्मा कार्कीले आइटम डान्स गरेकी छिन् । प्रदर्शन मिति तय भइनसकेको फिल्मको निर्माण युनिटले प्रचारप्रसारको सुरुवात ‘म आँखा मारिदिन्छु’ बोलको आइटम गीतबाट गरेको हो ।  साहिमा श्रेष्ठले गाएको सो गीत राज कर्माकारले लेखेका हुन् भने सजन श्रेष्ठको संगीत छ ।

राज रोय र भोजराज घिमिरेको संयुक्त निर्देशनमा बनेको फिल्ममा सुष्माका साथमा भरत कार्की, सन्दीप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, विनोद सिग्देल, नाफे खानलगायतका नयाँ कलाकारले अभिनय गरेका छन् । गुप्तको निर्माता दीपेन्द्र अग्रवाल र मिता मुराकार अग्रवाल छन् । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस