आर्ट काउन्सिलमा आर्ट फर नेचर

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १९ : ४२
आर्ट काउन्सिलमा आर्ट फर नेचर

काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी ‘आर्ट फर नेचर’ को आइतबार राजधानीमा उद्घाटन गर्नुभएको छ ।
दि आर्ट क्लव नेपालको संयोजनमा ‘रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिम’ द्वारा पुसको तस्रो हप्तामा पर्सा राष्ट्रिय निकुञ्जमा कला शिविर आयोजना गरेको थियो । सोही क्रममा तयार भएका चित्रकला प्रदर्शनीमा राखिएको हो ।  १२ जना कलाकारका २५ कलाकृतिमध्ये उत्कृष्ट चित्रकलालाई पुरस्कृत समेत गरिएको छ ।
कार्यक्रममा कुलपति कर्माचार्यले उत्कृष्ट छनोट हुनुभएकी कलाकार सविता डंगोललाई ‘बेस्ट आर्टिस्ट अवार्ड’ प्रदान गर्नुभयो । कार्यक्रममा विश्व वन्यजन्तु कोषका लागि नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ, रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिमका अध्यक्ष डा.प्रभु बुढाथोकीले प्रकृति र वन्जयजन्तुको संरक्षणमा कलाकारले देखाएको चासोको प्रसंसा गर्नुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस