टोसिवाद्धारा विश्वकै पहिलो मल्टीफङ्सन हाईव्रिड प्रिन्टरर्स नेपाली बजारमा

विहीबार, २३ कार्तिक २०७४, १८ : ५७
टोसिवाद्धारा विश्वकै पहिलो मल्टीफङ्सन हाईव्रिड प्रिन्टरर्स नेपाली बजारमा

काठमाडौं । टोसिवा टिईअ कर्पोरेसन र वल्र्ड डिस्ट्रीव्युसन  नेपाल प्रालि को संयुक्त रुपमा ई स्टुडियो४५०एलपी सिरिजको आज विहिबार होटल याक एण्ड यतीमा  एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरियो ।

उक्त सिरिज नेपाली बजारमा बिक्री तथा बितरणको लागि सार्वजनिक गरेको  छ । कम्पनीका अनुसार ई स्टुडियो४५०एलपी प्रिन्टरबाट कागजपत्रहरु स्थायीको साथै पुनः प्रिन्ट गरी प्रयोग गर्न सुविधा समेत रहेको जनाइएको छ ।

अस्थायी कागजपत्रहरु हरेक दिन प्रुफ रिडिङ्ग, रुजु अथवा याद गर्ने सिलसिलामा प्रिन्ट हुने गर्दछन्, जुन केहि घण्टाको लागि मात्र प्रयोगमा रहन्छन् । त्यसकारण यस प्रिन्टरसँग कागजको कम खपतमा धेरै प्रयोग दिन सक्ने क्षमता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस