संसारकै ५ खतनाक सडक, जहाँ डरले यात्रुको ज्यानै जान्छ (भिडियोसहित)

विहीबार, १७ माघ २०७५, १५ : ३५
संसारकै ५ खतनाक सडक, जहाँ डरले यात्रुको ज्यानै जान्छ (भिडियोसहित)

काठमाडौँ  । संसारको विभिन्न ठाँउमा यस्तो शहर छ कि त्यस्तो सडकमा ज्यानको प्रवाह नै नगरि सवारी चलाउन र यात्रा गर्न मानिसहरु निकै बाध्य छन् । विकसित भनिएको देशमा खतरनाक सडक छैन जस्तो तपाईलाई लाग्न सक्ला । तर, तपाइको अनुमान गलत हुनेछ । हामी यहाँ केही खतरनाक सडककाे चर्चा गर्दैछाैँ ।

१.जेम्स डेलटोन हाइवे अलस्का

यो अमेरिकाको अलस्का हाइवे हो । यो सडक यस्तो खतनाक छ कि जुन शब्दमा जति व्यक्त गरेपनि सकिदैन । यस्तो किसिमको सडकमा सवारी चलाउनको लागि चालकहरु निकै डराउने गर्दछन् । सकेसम्म उनीहरुको चाहना यो सडकमा सवारीसाधन नचलाउँ भन्ने रहेको हुन्छ । तर, बाध्यताको कारणले गर्दा भएपनि सडकमा सवारीसाधन चलाइरहेका छन् ।

यो सडक पुरै रुपमा हिउँले भरिएको छ । करिब ६ सय ६५ किलोमिटर दुरीमा रहेको हाइवे पुरै रुपमा हिउँ भएको कारणले गर्दा यस ठाउँमा यात्रा गर्दा आफूलाई चाहिने आवश्यक सामाग्री नलगेमा मानिसको ज्यान जान्छ । यस्तो हिउँको कारणले गर्दा केहि पनि देखिदैन । समय समयमा यस ठाँउमा निकै ठूलो दुर्घटना पनि हुने गर्दछ ।

कुनै समयमा यस सडकमा हावाहुरी निकै वेगले चल्ने कारणले गर्दा चालक र यात्रु निकै नै समस्यामा पर्छन् । जेम्स डेलटोन हाइवे पार गर्नको लागि ३ देखि ४ दिनसम्म लाग्दछ । ४ दिनको लागि आफूलाई चाहिने सामाग्री भएन भने मानिसको ज्यानै जान्छ । यहाँको हिउँले मानिसको आँखालाई अन्धो बनाउने कारणले गर्दा कालो चस्मा नलगाईकन यात्रा गर्न सम्भव हुँदैन ।

२.स्पीकस् क्यानवन रोड न्युजिल्याण्ड

स्पीकस् क्यानवन रोड देख्नको लागि निकै राम्रो देखिन्छ । किनकी यो सडक पहाडलाई फोडेर पहाडको बिच सडकमा बनाइएको हुन्छ । यसरी बनाएको हुदाँ निकै आकर्षक देखिन्छ । स्पीकस् क्यानवन सडकमा गाडी चलाएपछि पछाडी फर्कन सकिदैन ।

यस्तो किसिमको सडकमा यात्रा गर्ने मानिसले दायाँबाया फर्केर हेर्दा निकै कहाली लागि मुटु कमजोर हुन्छ । यस्तो सडकमा मुटु कमजोर भएका मानिसले यात्रा गर्दा ज्यान जाने सम्भावना अधिक हुन्छ । एकचोटी यो सडक भित्र गाडी छिराएपछि पछि हट्नको लागि कल्पना पनि गर्न सकिदैन, याे सडक त्यस्तो खतनाक छ ।

३.प्यासेज डी गोल्स फ्रान्स

यो सडकको बारेमा सुन्दा अचम्म पनि लाग्न सक्छ । किनकि यो सडक दैनिक रुपमा २ समय पानीमा डुब्ने गर्दछ । ४.३ किमि लम्बाईको यो सडक फ्रान्सको नोयरमोल्टियर आइल्यास जोड्ने काम गरेको छ ।

४.सेचहुन टिबेट हाईवे चाइना

यो सडक देख्नको लागि कुनै आकृति बनाएजस्तै देखिन्छ । हुन त चाइनाको बाटो र ठाँउ देख्दा अनौठो लाग्छ । विकासको दृष्टिकोणले चाइना अगाडी छ । सेचहुन टिबेट हाईवे हेर्दा लाग्छ कि कति राम्रो कलाकारिता ! तर, यो सडक निकै खतनाक छ । यस्तो किसिमको सडकमा हिड्दा दुर्घटनाको कारणले गर्दा धेरे मानिसहरुको ज्यान पनि गएको छ ।

यस्तो सडक निकै खतनाक छ । यो सडक आँधी आउने र खराब वातावरणको कारणले गर्दा मानिसको ज्यान जाने गर्दछ । यस सडकमा आँधी आएपछि जाम खुलाउनको लागि करिब ८ दिन लाग्ने गर्दछ ।

५. टरको जोर्ज रोड ताइवान

यो सडकलाई संसारकै खतनाक सडकको रुपमा लिइन्छ । यो सडकको निमार्ण पहाडको चट्टान फोरेर चट्टानको बिच भागबाट गाडी चलाउनुपर्ने हुन्छ । यस सडकमा यति ठूलो सडक छ कि देख्दा पनि कहाली लाग्दछ । कुनै बेला यस्तो मोड आउँछ कि जसले कारणले गर्दा कुनै गाडी देखिदैन । यो सडक पहाडको ठूला ठूला ढुङ्गाले घेरिएको कारणले गर्दा खसेर मानिसको ज्यान जान्छ ।

तल भिडियो नदेखिए यो लिंकमा क्लिक गर्नुहोस्,
https://www.youtube.com/watch?v=nSAdm83QNcc&feature=player_embedded

 

प्रतिक्रिया दिनुहोस