विदेशमा पनि हिट हुँदै  ‘चङ्गा चेट’, अष्ट्रेलियाका तीन शहरमा प्रदर्शन हुने

सफल खबर संवाददाता

सोमबार, १४ माघ २०७५, १८ : ३९
विदेशमा पनि हिट हुँदै  ‘चङ्गा चेट’, अष्ट्रेलियाका तीन शहरमा प्रदर्शन हुने

काठमाडौं । केही समय अगाडि प्रदर्शनमा आएको फिल्म ‘चङ्गा चेट’ अष्ट्रेलियाको तीन शहरमा पनि प्रदर्शन हुने भएको छ । फिल्म २९ जनवरीमा मेलबर्न, ३ फेब्रुअरमा सिड्नी र ४ फेब्रुअरी क्यानबेरा प्रदर्शन हुने निर्माता माधव वाग्लेले बताए । 

स्वदेश प्रदर्शनबाट राम्रो व्यवसाय गर्न सफल फिल्म केही पहिले युरोपका १५ देशमा प्रदर्शन भएको थियो ।  फिल्म अमेरिकाका डालस, न्युयोर्क, अष्टिन, बुष्टन, बाल्टिमोर, क्यालिफोर्निया, मेसिगन, कोलोराडो लगायतका शहरहरुमा पनि प्रदर्शन भइरहेको निर्देशक दीपेन्द्र के खनालले बताए । फिल्म एसियाका पनि हङ्कङ, जापान र कोरियामा समेत प्रदर्शन भइरहेको खनाललको भनाई रहेको छ । 

‘चङ्गा चेट’ माधव वाग्ले र शर्मिला पाण्डले मिलेर बनाएका हुन् । आयुष्मान जोशी, रविन्द्र झा, सन्दिप क्षेत्री, प्रियंका कार्की, सुरक्षा पन्त, परमिता एलआर राणा लगायतको मुख्य भूमिका फिल्ममा छ ।

प्रदीप भारद्धाजको पटकथा रहेको फिल्ममा निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको छ । अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायाँकन र दीर्घ खड्काको सम्पादन रहेको फिल्म डार्क कमेडी विषयमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस