बेडसिनका कारण विवादमा रहेको नेपाली फिल्म ‘अनागत’ को ट्रेलर सार्वजनिक

सोमबार, १४ माघ २०७५, १३ : ३८
बेडसिनका कारण विवादमा रहेको नेपाली फिल्म ‘अनागत’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । बेडसिनका कारण विवादमा रहेको नायिका प्रियङका कार्की र अर्पण थापा अभिनित नेपाली चलचित्र ‘अनागत’ को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रमा प्रियङका कार्की र अर्पण थापा, प्रविण खतिवडा र बालकलाकार रोसिन सुवेदीको मुख्य भूमिको छ ।
 
फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सले निर्माण गरेको सस्पेन्स थ्रिलर श्रेणीमा बनेको फिल्मलाई समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयंले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्ममा अर्पण थापा र प्रियङ्का कार्की श्रीमान् श्रीमती हुन् भने यी दुईको जीवनमा मनोविज्ञानले निम्त्याउने परिस्थितिलाई नै फिल्मको ट्रेलरमा मनोरञ्जनात्मक हिसाबले प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मको पात्रको चरित्रलाई प्रस्ट्याईएसँगै कथासारलाई पनि देखाइएको छ ।

ट्रेलर हेर्नुस् ।
 

 

प्रतिक्रिया दिनुहोस