प्लास्टिकको गुडिया भनेको मन पराउँदिनन् ऐश्वर्या

आइतबार, १३ माघ २०७५, २० : ३७
प्लास्टिकको गुडिया भनेको मन पराउँदिनन् ऐश्वर्या

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पछिल्लो केही समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । तर, उनी अक्सर पार्टी तथा कार्यक्रममा देखा पर्छिन् । उनी सधैँ आफ्नो सौन्दर्यबाट अलग प्रभाव पार्न सफल छिन् । हालै ऐश्वर्याले एक अन्तर्वार्तामा विवाह तथा निजी जीवनसँग जोडिएको केही कुरा खुलासा गरेकी छिन् ।

ऐश्वर्या रायलाई प्लास्टिकको गुडिया पनि भनियो । करण जौहरको चर्चित टिभी सो ‘कफी विद करण’मा इमरान हासमीले यस्तो भनेका थिए । इमरान हासमीले त्यो समय खुब चर्चा पाए । पछि, ऐश्वर्या रायले फिल्म बादशाहोको अफरलाई इमरान हासमी भएकै कारण नकारेकी थिइन् ।

यो कुरा अझै पनि ऐश्वर्याले भुलेकी छैनन् । फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा उनले जिन्दगीको सबैभन्दा दुःखलाग्दो प्रतिक्रियामा प्लास्टिकको गुडिया भएको बताएकी छिन् । अब चाँडै नै ऐश्वर्याले अभिषेक बच्चनको साथमा गुलाब जामुनको सुटिङ सुरु गर्दै छिन् । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस