प्रियंकाको ट्याटुमोह

आइतबार, १३ माघ २०७५, २० : १८
प्रियंकाको ट्याटुमोह

मलाई ट्याटु खोप्न मन पर्छ । त्यही भएर मेरो शरीरमा अहिलेसम्म चार ट्याटु खोपिसकेकी छु । सबैको फरकफरक अर्थ छ । मेरो जीवनसँग जोडिएको यो ट्याटुको अर्थले मेरो जीवनमा विशेष महत्व राख्छ । मेरो शरीरमा खोपिएको चारै ट्याटु विदेशमा नै बनाएकी हुँ ।  ट्याटु बनाएपछि केही समय त्यस ठाउँलाई जोगाएर राख्नुपर्ने हुन्छ । नेपालमा बसेर सम्भव हुँदैन । नेपालमा धेरै समय व्यस्त हुन्छु । त्यसैले छुट्टी मनाउन गएको अवसर पारेर खोपेकी हुँ । मलाई मन पर्ने रङहरू प्रयोग गरेर बनाएकी छु ।

पहिलो ट्याटु
मेरो दाहिने पातोमा मर्मेड अर्थात् जलपरीको ट्याटु छ । १३ वर्षअघि म अमेरिकामा बस्दा नै खोपाएकी थिएँ । मेरो पातोमा खोपिएको जलपरीको  हात आकाशतिर फैलिएको छ । जलपरी भन्नेबित्तिकै पानीमा मात्रै सीमित हुन्छ भनिन्छ । मेरो यो ट्याटुमा जलपरीलाई पानीसँग आकाशतिर पनि फैलन खोज्छ अथवा सक्छ भन्ने अर्थ राख्छ । मैले यो ट्याटु एउटा ड्रोइङमा देखेकी थिएँ । र त्यसैलाई मोडिफाई गरेर बनाएकी हुँ । यो ट्याटुले असम्भव भन्ने केही पनि छैन भन्ने अर्थ राख्छ । जुन एकदम सुन्दर पनि छ ।

दोस्रो ट्याटु
मेरो दोस्रो ट्याटुचाहिँ कोखो र छातीबीचमा बनाएकी छु । मेरो जीवनमा डिज्नीले धेरै प्रभाव पारेको छ । मेरो प्रेरणाको स्रोतमध्ये एक डिज्नी हो । बच्चादेखि डिज्नी हेर्दै हुकेर्की हुँ । त्यही डिज्नीको एउटा भनाइ लेखेकी छु । डिज्नीका धेरै क्यारेक्टरहरू मन पथ्र्यो । डिज्नीको क्यारेक्टरजस्तै आफू पनि बन्छु भन्ने लाग्थ्यो । त्यसैले धेरै काल्पनिक बनायो ।

सफल हुनका लागि कल्पना गर्न जरुरी छ भन्ने लाग्छ । डिज्नीले धेरै हदसम्म काल्पनिक बनायो । आज म यो स्थानमा हुन पनि सानो छँदाको कल्पनाले धेरै सहयोग गरेको छ । डिज्नीका धेरै भनाइहरू मन पथ्र्यो । त्यही भनाइमध्येको एक ‘अ ड्रिम इज अ विस युर हार्ट मेक’ लेखेकी छु । त्यस्तै मलाई असम्भव भन्ने केही छ जस्तो लाग्दैन । गरे जे पनि हुन्छ र सकिन्छ ।

तेस्रो ट्याटु
तेस्रो दाहिने खुट्टामा खोपेकी छु । योचाहिँ मेरो आफ्नै हो । म अमेरिकामा बस्दा बेली डान्स सिकेकी थिएँ । जुन मेरो सानैदेखिको रहर थियो । बेली डान्स सिकेपछि पहिलोपटक प्रस्तुत गर्दाको मेरो पोज हो, यो । जुन मेरो जीवनको एउटा महत्वपूर्ण क्षणमध्ये एक हो । त्यसलाई नै ट्याटुमा परिणत गरेँ ।

चौथो ट्याटु
मेरो चौथो ट्याटुचाहिँ गर्धनमा खोपाएकी छु । आयुषमान र मेरो इन्गेजमेन्ट भएपछि खोपाएकी हुँ । आयुषमान र प्रियंका नाम जोडाएर ‘आयंका’ लेखेकी छु । यसले हाम्रो प्रेम दर्साउँछ भन्ने लाग्छ । आफूलाई मनमा लागेको गर्नुपर्छ भन्ने सोच राख्छु । त्यसैले ट्याटु खोप्न मन लाग्यो कि खोपिहाल्छु । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस