छोरीसँग संजय दत्तको यो फोटो देखेर उनका प्रशंसकले लगाए यस्तो आरोप

एजेन्सी

आइतबार, १३ माघ २०७५, १५ : ०८
छोरीसँग संजय दत्तको यो फोटो देखेर उनका प्रशंसकले लगाए यस्तो आरोप

एजेन्सी । बलिउड अभिनेता संजय दत्त आफ्नो व्यवसायिक जीवनका लागि खासै चर्चामा नरहेपनि उनको व्यक्तिगत जीवन भने सधैं चर्चाको विषयमा बन्ने गर्छ । जसको प्रमाण पछिल्लो समय सोसल मिडियामा देखिएको छ । हालै संजय दत्तले आफ्नी छोरी इकरासँगको एक तस्बिर सेयर गरे । यो तस्बिरसँगै उनले एक विशेष मेसेज पनि लेखे तर सोसल मिडियाका प्रशंसकलाई संजयको विशेष मेसेजले आहत पुर्याएको छ । जसका कारण उनी निकै ट्रोल भइरहेका छन् ।

संजय दत्त फोटोमा एक प्रोटेक्टिभ पिता देखिएका छन् । उनले इकरालाई निकै प्रेमपूर्वक अँगलो मार्दै उनको टाउकोमा चुमिरहेको देख्न सकिन्छ । संजयले आफ्नी छोरी इकारालाई नेशनल गर्ल चाइल्ड डे विश गर्दै लेखेका छन्, ‘मेरी छोरी मेरो सम्पत्ति हो । म प्रार्थना गर्छु कि हरेक छोरीले त्यो माया र सद्भाव पाउन् जसको उनीहरु हकदार छन् ।’

तर संजय दत्तको कुरा प्रशंसकलाई भने बेकार लागेको छु । संजयले आफ्नी जेठी छोरी त्रिशालासँगको कुनै पनि फोटो नराखी छोरी इकराको मात्र पोष्ट गरेको भन्दै  आलोचना गरेका छन् । यो पोष्टमा मानिसहरुले संजय दत्तलाई उनकी जेठी छोरीको याद दिलाउँदै दुई छोरीबीच भेदभाव गरेको आरोप लगाए ।

एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘त्रिशाला दत्त बारे के भन्नुहुन्छ । तपाईंकी जेठी छोरी होइन र ? म यहाँ नकारात्मकता फैलाइरहेको छैन तर म पनि एक जेठी छोरी भएको नाताले यो प्रश्न सोधिरहेकी छु ।’

यस्तै, अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंले सायद बिर्सनुभएको होला कि तपाईंका दुईवटी छोरी छन् ।’ स्मरण रहोस्, संजय दत्तकी छोरी त्रिशाला भारतमा नभई अमेरिकामा आफ्ना हजुरबुवा–हजुरआमासँग छिन् । उनको संजय दत्तकी कान्छी श्रीमती मान्यतासँग पनि राम्रो सम्बन्ध छ ।


 

प्रतिक्रिया दिनुहोस