मिलन नेवारको चौँथो एल्बम ‘मिलनयात्रा’ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०७५, १८ : ४३
मिलन नेवारको चौँथो एल्बम ‘मिलनयात्रा’ सार्वजनिक

काठमाडौं । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बहुचर्चित गायिका मिलन नेवारको चौँथो एल्बम ‘मिलनयात्रा’ र पाचौँ एल्बममा समावेश ‘मन रेशम’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ ।

माननिय गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा वरिष्ठ गायक दिपश्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका मिलनका माता–पिता लगायतअन्य अतिथिहरुको हातबाट लोकार्पण गरिएको उक्त एल्बममा कुल सात गीत समावेश छन् । जसमा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ ।
सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमलखत्रीको स्वर रहेको छ भने श्डिियोमा अभिनय समेत उनिहरुले नै गरेका छन् । हरी हुमागाईको छायांकन रहेको भिडियोमा राजेश पुमा राईको निर्देशन रहेको छ ।
सोहीकार्यक्रममार्फत उनले ’सिङ्गिङ फर सोसाइटी’ भन्ने उदेश्य सहित’मिलनच्यारिटी फाउण्डेसन’को सुरुवात समेत गरेकी छिन् । आफ्नो साङ्गितिक प्रस्तुती र सामाग्रीबाट आउने रकमको केहीअंश समाज सेवामाखर्चने उदेश्यउनले लिएकी छिन् । सोहीअनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता’शहिद स्मृतिआवासियमाध्यमिकविद्यालय’ इटहरीमा केन्द्रितगर्ने छिन् ।  

गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीत–संगीत पौरखी भएको बताएका थिए । उनले नेपाली संगीतको क्षेत्रमा मिलनले महत्वपूर्ण योगदानको दिएको भन्दै धन्यवाद समेत दिएका थिए । गृहमन्त्री थापाले नेपाली कला र संस्कृतीको क्षेत्रमा प्राप्त उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका थिए । कला र संकृतीको क्षेत्रमा निश्चित मापदण्ड बनाएर सांकृतिक सभ्यतालाई अर्को उचाईमा पुर्याउनु पर्ने उनको भनाई थियो । त्यसका लागि सरकारको तर्फबाट नितीनियम तर्जुमा गर्न लागिएको उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस