सञ्चारकर्मी श्रद्धा अर्यालको अभिनय रहेको गीत ‘मायैमाया’ सार्वजनिक (भिडियोसहित)

शनिबार, १२ माघ २०७५, १५ : २५
सञ्चारकर्मी श्रद्धा अर्यालको अभिनय रहेको गीत ‘मायैमाया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ । चर्चीत सञ्चारकर्मी श्रद्धा अर्यालको अभिनय रहेको गीत मायैमायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । अर्यालले कान्तिपुर टेलिभिजनको चर्चीत शो कान्तिपुर आज, मार्केट वाच लगायतका कार्यक्रमहरु संचालन गर्छिन् ।
उनको अभिनय रहेको सो  भिडियोमा  लक्ष्मण भट्टको समेत अभिनय रहेको छ । गायक दिपक लिम्बुको यो गीतको भिडियोमा प्रेमीले प्रेमीकालाई माया नै माया गर्ने गरेको देखाइएको छ । गीतमा शब्द कपिल भट्ट र संगीत महेश खड्काको रहेको छ ।
भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस