जिरो फिल्म फ्लप भएपछि शाहरुख खान निरास

शुक्रबार, ११ माघ २०७५, २० : ३५
जिरो फिल्म फ्लप भएपछि शाहरुख खान  निरास

जिरो फिल्म फ्लप भएपछि शाहरुख खान अचेल निरास छन् । सोही निराशामा उनले नयाँ फिल्म सारे जहाँ से अच्छा भारत छाडेको खबर बाहिरिएको छ । उनले सो फिल्म छाड्नुको कारण डन ३ लाई कारक मानिएको छ । जसलाई फरहान अख्तरले निर्माण गर्दै छन् ।

सारे जहाँ से अच्छा भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माको जीवनीमा आधरित कथामा छ । तर, भारतीय अनलाइनका अनुसार शाहरुखले यस फिल्मबाट हात झिकेको पक्का हो । यो फिल्म पहिला आमिर खानलाई प्रस्ताव गरिएको थियो । उनले नखेल्ने बताएपछि शाहरुखकोमा पुगेको थियो । शाहरुखले फिल्म खेल्न सहमति जनाएका थिए ।

आमिर आफैँले यस फिल्ममा खेल्नका लागि शाहरुखलाई प्रस्ताव गरेको समेत खबर आएको थियो । उनले एक कार्यक्रममा भनेका थिए, ‘फिल्मको स्क्रिप्ट बडो राम्रो ढंगले लेखिएको छ  । म आफैँ पनि राकेश शर्माको फ्यान हुँ ।

तर, म यो फिल्म गर्न पाउँदिनँ । यसका लागि मैले शाहरुखको नाम अगाडि बढाएँ ।’ आमिरले फिल्म छाड्नुमा महाभारत फिल्म कारक थियो । तर, अहिले महाभारतलाई पनि आमिरले छाडेको खबर बाहिरिएको छ ।  - नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस