सार्वजनिक भयो ‘एयरपोर्ट जाने गेट’

सफल खबर संवाददाता

शुक्रबार, ११ माघ २०७५, १८ : ४६
सार्वजनिक भयो ‘एयरपोर्ट जाने गेट’

काठमाडौं । बाध्यताले देश छोडेर बिदेशी भुमी जाने नेपालीहरुको पिडा बोकेको नयाँ गीत ‘एयरपोर्ट जाने गेट’ सार्वजनिक भएको छ । निकै मर्मस्पर्शी गीतमा भिडियो समेत उतिकै उत्कृस्ट बनेको छ । जहाँ मोडल सृष्टि  खड्का, राज खत्री र अभिनेत्री रश्मी भट्ट देखिएकी छिन् । भिडियोले गरिब परिवारको कथालाई देखाएको छ ।

टिका बस्नेतले स्वर भरेको सार्वजनिक गीतमा राज कुमार बगरको संगीत र लक्षि प्रसाद घिमिरेको शब्द सुन्न सकिन्छ । काठमाडौँ आसपासमा खिचिएको भिडीयोको निर्देशन उत्कृस्ट सम्पादक निसान कस्यप घिमिरेले गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायाँकन, सृष्टि  थापा मगरको मेकअप र बिकास दाहालको सम्पादन समाबेश रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस