फ्राइडे रिलिज : हलमा आरोप र बैना

शुक्रबार, ११ माघ २०७५, १२ : ५५
फ्राइडे रिलिज : हलमा आरोप र बैना

काठमाडौं । आज शुक्रबारबाट दुई नयाँ फिल्म– आरोप र बैना प्रदर्शनमा आएका छन् । सामाजिक प्रेमकथामा निर्माण गरिएको आरोप अमर ओलीले निर्देशन गरेका हुन् भने बैनालाई दिलप्रकाश याक्सोले निर्देशन गरेका छन् । 

दिलासा क्रिएसनको ब्यानरमा निर्मित आरोपमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, ऋचा थापा, राजन गहतराज, राजु राउत, सुशील पोखरेल, दीपिका ढकाल, उद्धव गिरी, प्रेम खड्कालगायत कलाकारले अभिनय गरेका छन् । लक्ष्मण सुवेदीले लेखेको फिल्म दिनेश पाठक र विजय सापकोटाले निर्माण गरेका हुन् । फिल्म भरपुर मनोरञ्जनले भरिएको दाबी निर्देशक ओलीको छ ।   
त्यसैगरी, मौलिक नेपाली कथामा निर्माण गरिएको बताइने बैनाको प्रस्तुतकर्ता भूपेन्द्र लिङ्देन हुन् । फिल्ममा सुवास मेचे, रञ्जिता लिम्बू, उदय सुब्बा, शूरवीर पण्डितलगायत कलाकारले अभिनय गरेका छन् । यो फिल्मलाई तिरुपति पिक्चर्सका सरोज शर्माले वितरण गरेका छन् । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस