माघ १८ मा चलचित्र "रणवीर"

विहीबार, १० माघ २०७५, २१ : ०६
माघ १८ मा चलचित्र "रणवीर"

यस वर्षको प्रतिक्षित फिल्म मध्यको एक चलचित्र ‘रणवीर’ माघ १८ गतेबाट देशभरका सिनेमा हलहरुमा आउने भएको छ । लोक फ्लेवरको गीत ‘तिरिमिरी तिरिमिरी र 'मान्न चाहन्नँ' बोलको गीत र हालै सार्वजनिक भएको ‘एक्सन प्याक्ड’ ट्रेलरका कारण चलचित्रले यति बेला सिने क्षेत्रमा ब्यापक चर्चा पनि कमाएको छ ।
फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुनेमा निर्माण टिम विश्वस्त देखिएको छ । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । चलचित्र "रणवीर" उपत्यकाको लागि स्टेसन फाइभ र मोफसलको लागि एफडी कम्पनीले फिल्म वितरण गर्ने छन । प्राची फिल्मस् र डिआर फिल्मस्को ब्यानरमा गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्मित लभ तथा एक्सन ड्रामा फिल्ममा सुशील सिटौला, शुभेच्छा खड्का, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट,रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र ‘रणवीर’ मा महेश पौडेलको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको सङ्गीत रहेको चलचित्रलाई साउथ इण्डियन चलचित्र टिममा समेत काम गरिसकेका गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस