रणवीरको गीत सुनेर दीपिका भइन फिदा

बुधबार, ०९ माघ २०७५, १९ : ४९
रणवीरको गीत सुनेर दीपिका भइन फिदा

बलिउड कलाकार दीपिका पादुकोण र रणवीर सिंह एक–अर्कालाई प्रेम देखाउन कुनै कसर बाँकी राख्दैनन् । एकपटक फेरि उनीहरूको प्रेम देखिएको छ । दीपिकाले इन्डिया टुडेमा भनेकी छिन्, ‘तिम्रो दिन आयो बेबी !’

यो गीत रणवीरको आउँदै गरेको फिल्म ‘गली बोइ’को हो । सो गीत रणवीर आफैँले गाएका छन् । फिल्म सिम्बा सफल भएपछि पत्नी दीपिका र रणवीरका फ्यान खुसी नहुने कुरै भएन । अहिले रणवीरको यो गीत खुब हिट छ । दीपिकाले गीतकै लाइनबाट तारिफ गरेपछि रणवीरले पनि कमेन्टमा जवाफ दिएका छन्, ‘तिमी जो मैले पाएँ ।’

योभन्दा अघि पनि दीपिकाले मिडियामा रणवीरको सिम्बाको एक संवाद बोलेकी थिइन् । उता रणवीर सधैँ आफ्नो सफलताको कारण दीपिकालाई मान्छन् । रणवीर भनिरहेका हुन्छन् कि दीपिका उनलाई सधैँ उत्प्रेरणा दिइरहन्छिन् । रणवीरको ‘गली बोइ’ १४ फेब्रुअरीमा रिलिज हुँदै छ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस