सञ्चारकर्मी रवि अधिकारी र शोभित बस्नेतले निर्माण गर्ने भए ‘बद्रीबहादुर’

बुधबार, ०९ माघ २०७५, १६ : २२
सञ्चारकर्मी रवि अधिकारी र शोभित बस्नेतले निर्माण गर्ने भए ‘बद्रीबहादुर’

काठमाडौँ । शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्रीबहादुर’ निर्माण हुने भएको छ । यहि माघ ११ बाट छायांकन सुरु हुन लागेको चलचित्र ‘बद्रीबहादुर’ लाई सञ्चारकर्मी रवि अधिकारीले निर्माण गर्न लागेका हुन् ।
ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानरमा रु एक करोडको लगानीमा निर्माण हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दलि हुन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन् ।
चलचित्र ‘बद्री बहादुर’ मा छुल्ठिम गुरुङ, जय किसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाईं, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ । यस चलचित्रबाट राजीवजगं बस्नेत र एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन । चलचित्रमा नायिका पुजा शर्मा र सलोन बस्नेतको मूख्य भूमिका रहने छ ।
चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्धन्द्ध रहने छ । चलचित्रमा रामजी राउत र ज्ञान कुमारको सहायक निर्देशन रहने छ । ‘बद्री बहादुर’ मा विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन रहने छ । चलचित्र लमजुङ्ग, काठमाडौं, धरानर संखुवासभाको विभिन्न ठाउँमा छायांकन गरिने छ । कमेडी चलचित्र ‘बद्रीबहादुर’ लाई आउँदो तीजमा रिलिज गरिने चलचित्रका निर्देशक बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस