नेपाल आइडलका सुरज थापाले ल्याए ३ करोड नेपालीलाई रुवाउने गीत (भिडियो)

बुधबार, ०९ माघ २०७५, १५ : ५४
नेपाल आइडलका सुरज थापाले ल्याए ३ करोड नेपालीलाई रुवाउने गीत (भिडियो)

काठमाडौँ । नेपाल आइडलको टप ६ बाट बाहिरीएका गायक सुरज थापाको नयाँ कोशेली ‘आएन परदेशी’ बोलको गीत सार्वजनिक भएको छ ।  ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत प्रस्तुत गर्दै पहिलो पटक थापा निर्देशनमा पाइला चालेका छन् । उनका परिवारका सबै सदस्यलाई यस म्युजिक भिडियोमा देखाईएको छ ।

विदेशीका नेपालीहरुको यथार्थ जीवनलाई चित्रण गर्दै गायक थापाले निर्देशकीय पाटोलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेका छन् । थापाकै गृह जिल्ला कोहलपुर चिसापानीमा भिडियोको छायांकन गरिएको हो ।  भिडियोमा उत्तम हुमागाईंको छायांकन, विकाश दाहालको सम्पदान र चन्द्र बहादुर थापाको कथा रहेको छ ।  गायक सुरज थापाकै शब्द, संगीत तथा एरेज रहेको गीतमा धर्म गन्धर्वको सारंगी, किशान श्रेष्ठको मिक्सिंग रहेको गीतलाई अलिक केसीले रेकर्ड गरेका हुन ।

भिडियोमा कलाकारहरु मनबहादुर थापा (बाबा), कबी राम थापा (जेठा बाबा), दिलमाया थापा (आमा), चन्द्रबहादुर थापा (दाजु), तारा थापा (बहीनी), आरुशी परीयार, बाल कलाकारमा एन्जल थापा (भान्जी), मनन थापा (छोरा), गौरव थापा (भाई),जुनु थापा (छोरी) मुख्य भूमिकामा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस