आँखीभौँ उठाएर भाईरल भएकी प्रियाको सामाजिक संजालहरुमा ट्रोल

मंगलबार, ०८ माघ २०७५, १८ : ३७
आँखीभौँ उठाएर भाईरल भएकी प्रियाको सामाजिक संजालहरुमा ट्रोल

अघिल्लो बर्षको ‘भ्यालाईटाईन डे’ का दिनमा सार्वजनिक एक भिडियोमार्फत भारतीय अभिनेत्री प्रिया प्रकाश रातारात भाईरल भईन् ।
आँखीभौँ उठाएको भरमा उनी चर्चामा आएकी थिईन् । सम्भवत  त्यो भिडियो तपाईले पनि हेरेको हुनुपर्छ । चलचित्र ‘ओरु अदार लभ’को एक गीतमा प्रेमीलाई आंखाले इशारा गरेकी प्रिया प्रकाश विश्वव्यापि रुपमा भाइरल भएकी थिइन् । यसपछि उनलाइ बलिउड चलचित्रमा आयो ।

उनको यो २६ सेकेण्डको भिडियोले संसारभरीनै तहल्का मच्चाएको थियो । युट्युवमा सो भिडियो एक दिनमै ६ करोडले हेरेका थिए । जून एक रेर्कडनै बनेको छ ।
यसको ठीक एकबर्षपछि ‘भ्यालाईटाईन डे’ का दिन उनी अभिनित फिल्म ‘श्रीदेवी बंगलो’ रिलिज हुँदैछ । यस फिल्मको ट्रेलर सार्वजनिक भइसकेपछि समाजिक संञ्जालमा उनको ट्रोलहरु बनिरहेका छन् ।

यो चलचित्र प्रियाको पहिलो चलचित्र भएकाले ट्रेलरको कारण विभिन्न ट्रोल बनिरहेका छन । यस फिल्ममा प्रिया दिवंगत नायिका श्रीदेवीको भूमिकामा देखा परेकी छिन् । तर श्रीदेवीका प्रशंसकहरूले यस ट्रेलरलाई मन पराएका छैनन्। फिल्ममा श्रीदेवी पात्रको देश विदेशमा धेरै प्रशंसक हुन्छन् ।

श्रीदेवीले विस्तारै धुम्रपान र मध्यपान गर्न लाग्छिन र उनको बाथटबमा डुबेर मृत्यु भएको देखाइएको छ । बीबीसीको सहयोगमा

 

 

 

प्रतिक्रिया दिनुहोस