यी हुन् बलिउडका नायिका जसले बुढेसकालमा विवाह गरे

एजेन्सी

मंगलबार, ०८ माघ २०७५, १७ : ४८
यी हुन् बलिउडका नायिका जसले बुढेसकालमा विवाह गरे

एजेन्सी । सामान्यतया हाम्रो नेपाली समाजमा २० देखि ३५ वर्षको अन्तरालमा विवाह गर्ने गरिन्छ । सकेसम्म नेपालीहरु ३० वर्ष भित्र विवाह गर्छन् । तर कलाकारहरुको जीवनमा विवाहले ढिलो मात्र ठाउँ पाउने गरेको देख्न सकिन्छ । नेपाली चलचित्र क्षेत्रमा मात्र नभई बलिउडमा पनि ढिलो विवाह गर्ने कलाकारहरु देख्न सकिन्छ । यस्तै ढिला विवाग गर्ने केहि बलिउड कलाकारहरुको बारेमा आज हामी यस लेखमा चर्चौ गर्ने छौँ ।

उर्मिला मातोडकर


बलिउडकी की रंगीला गर्ल उर्मिलाले मोहसिन अख्तर मीरसँग सन् २०१६ मा विवाह गरेकी थिइन् । ४२ वर्षको उमेरमा विवाह गरेकी उर्मिलाको अहिले सम्म कुनै बच्चा भने छैनन् । उनले धेरै ढिला विवाह गरेकी थिइन् ।

प्रिटी जिन्टा


अहिले बलिउड चलचित्रहरुमा खासै देखा नपर्ने प्रिटी जिन्टा कुनै समयमा धेरै चलेकी थिइन् । धेरै समय पछि प्रिती चलचित्र ‘भैयाजी सुपरहिट’मा देखा परेकी थिइन् । उनले जेने गुडइनफसँग ४१ वर्षको उमेरमा विवाह गरेकी थिइन् ।

नीना गुप्ता


बलिउडकी पुरानी नायिका नीना गुप्ताले पनि धेरै ढिलो विवाह गरेकी थिइन् । ४९ वर्षको उमेरमा विवेक मेहरासँग विवाह गरेकी थिइन् । धेरै ढिला विवाह गरेको कारण नीना गुप्तालाई हजुर आमा बन्ने उमेरमा विवाह गर्ने नायिका पनि भन्ने गरिन्छ ।

सुहासिनी मुले 


बलिउडमा मात्र नभई सानो पर्दामा पनि चर्चित रहेका नायिका सुहासिनीले विवाह गरेको उमेर सुनेर धेरैलाई अचम्म लाग्न सक्छ । यी नायिकाले २०११ मा अतुल गुर्टू नाम गरेका एक डाक्टरसँग विवाह गरेकी थिइन् । सुहासिनीले पनि हजुर आमा बन्ने उमेरमा विवाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस