प्रियंक चोपडा निर्मित नेपाली चलचित्र ‘पाहुना’ युटुयुवमा (भिडियो)

मंगलबार, ०८ माघ २०७५, १७ : २५
प्रियंक चोपडा निर्मित नेपाली चलचित्र ‘पाहुना’ युटुयुवमा (भिडियो)

बलिउडकी सुपरहिट अभिनेत्री प्रियंका चोपडाले निर्मित नेपाली भाषी चलचित्र पाहुना युट्युवमा रिलिज भएको छ । चोपडाको होम प्रडक्सन पर्पल प्यावल पिक्चरको ब्यानरमा निर्माण भएको फिल्म डिसेम्बर ७ मा रिलिज भएको थियो । प्रियंका चोपडले निमार्ण गरेको र  त्यो पनि नेपाली भाषामा बनेको चलचित्र भएकाले नेपालीहरुले चासोका साथ हेरेका थिए । तर चलचित्रले नेपालमा पनि राम्रो व्यपार गर्न सकेको थिएन ।
पाखी ए टायरवालाले निर्देशन गरेको चलचित्रमा तीन जना नेपाली बालबालिकाको कहानी रहेको छ ।  चलचित्रमा बालबालिका आमा बुवाबाट छुटिन्छन् र नेपालको माओवादी आन्दोलनबाट बचेर भारतको सिक्किम पुग्छन् । यस चलचित्रमा अनमोल लिम्बु र इशीका गुरुङको मूख्य भूमिका छ ।
बक्सअफिसमा खासै नचलेको यो चलचित्र इन्टरनेश्नल फिल्म फेस्टिवलहरुमा भने अवार्ड जित्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस