काठमाडौं । फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकाले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो ।
धेरै विषयमा आलोचित सरकारले दीर्घकालीन महत्वका केही काम पनि गरेका छन् । पुराना बेथिति भत्काउँदै केही नवीन कामको प्रयास गरेको छ । योगदानमा आधारित सार्वजनिक सुरक्षा योजना ल्याउनेदेखि साना किसानको ऋण मिनाहसम्मका काम सरकाले गरेको छ । झण्डै एक वर्षको अवधिमा सरकाले केही राम्रा उपलब्धी गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो ।
लिक समातिसक्यौँ, अब सरकार दौडिन्छ
गोकुल बाँस्कोटा
प्रवक्ता, सरकार
जनअपेक्षाको प्रतिबिम्ब नीति, बजेट र कार्यक्रममा समेटिएको थियो । अहिले सरकार परिणाम निकाल्ने दिशामा छ । कानुन, व्यवस्थापन, नियमन र खर्चमा बढोत्तरी गर्ने प्रश्नमा मात्र होइन, थिति–विधि बसाल्ने विषयमा क्रमशः परिणाम देखिँदै जानेछन्, निराश हुनुपर्ने स्थिति आउनेछैन । यसबीचमा सरकार अलमलमा परेजस्तो लागेको मात्र हो । भित्री तयारीविना त सरकारले कुनै काम पनि अघि बढाउन सक्दैनथ्यो । रेलवे, पानीजहाज, सेक्युरिटी प्रिन्टिङ मेसिन, सडक वा सेटलाइट जनताका नांगा आँखाले अहिल्यै देख्ने स्थिति हुन्न । त्यतिवेला साँच्चै काम गरेको देखिन्छ, जतिवेला जनता रेल चढेर कुद्नेछन्, आफ्नै स्याटेलाइट स्थापना हुन्छ ।
यी सबै पूरा हुँदै छ, अर्थात् सरकारको घोषणा, योजना र विकास निर्माणले लिक समातिसकेको छ, अब साँँच्चै स्पिडमा जान्छ । स्पिडमा नगएसम्म गन्तव्यमा पुगेको देखिँदैन । त्यसैले सरकार जनअपेक्षाभन्दा बाहिर छैन, अब अल्झनहरू, कानुनी झन्झटहरू पनि कम हुँदै जानेछन् । कर्मचारी व्यवस्थापन पनि टुंगिँदै छ । सरकारको बाटो ठीक ठाउँमै थियो, गति पुगेन भन्ने मात्र जनअपेक्षा हो, हाम्रो पनि हो । तर, गति नपुग्नुका पछाडि जनताले देख्न नसकेका र सरकारलाई काम गर्नका निम्ति अप्ठ्यारो पर्ने कानुनी र व्यवस्थापनका प्रश्नहरू बाँकी थिए । अब यीमध्ये ९० प्रतिशत ठीक ढंगले व्यवस्थित भइसकेका छन् । फागुनपछि धेरै राम्रो हुन्छ, क्रमशः परिणाम देखिँदै जानेछ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०५ माघ २०७५, ०८ : ३१
लेखकबाट थप