जाे छाउ प्रथा नबारी वृद्ध भइन्

पत्रपत्रिकाबाट

शनिबार, ०५ माघ २०७५, ०८ : २५
जाे छाउ प्रथा नबारी वृद्ध भइन्

तस्विर : अन्नपूर्ण पोस्ट

काठमाडौं । सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा । यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन् । कतिको ज्यान नै गएको छ । तर, सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन् ।

टीकापुर, ४ छेगरखैलीकी हीरा चौधरी ४५ वर्षकी भइन् । १३ वर्षको उमेरदेखि उनको महिनावारी हुन थालेको थियो । तर, ६ सन्तान जन्माएकी उनले अहिलेसम्म छाउ बारेकी छैनन् । ‘हाम्रो छाउ बार्ने चलन छैन्,’ उनी भन्छिन्, ‘महिनावारीका बेला दैनिक सरसफाइ गछौँ, घरको सबै कोठमा जाँन्छौँ, खाना पकाउछौँ ।’ यो समाचार आजको अन्नपूर्णबाट लिएको हो ।

प्रतिक्रिया दिनुहोस