 
                                    विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिनुभयो ।    
प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवेशनबाट प्रदेश सरकारले विभिन्न २४ वटा ऐन पारित गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । 
चालू हुने अधिवेशनबाट थप कानून निर्माण हुने र प्रदेशको राजधानी तथा नाम पनि तोकिने प्रस्ताव प्रदेशसभाको बैठकमा आउने अनुमान गरिएको छ । (रासस)
 
                
प्रतिक्रिया दिनुहोस