काठमाडौं । दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ । हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ । संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन् ।
एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद गरेको छ । १० जनाभन्दा बढी पक्राउ परिसकेका छन् ।
अर्थतन्त्रलाई नै चुनौती दिनेगरी भइरहेको हुण्डी कारोबार नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्युरो र महानरीय अपराध महाशाखा सक्रिय छ । प्रदेश र जिल्ला प्रहरी पनि कारोबार रोक्न लागिपरेका छन् ।
सहकारी र मनी एक्सचेन्जबाटै हुण्डी
प्रहरीले आइतबार मोरङबाट ६९ लाख ५७ हजार छ सय रुपैयाँसहित तीनजना हुन्डी कारोबारी पक्रियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित आस्था नेपाल बुहुउद्देश्यीय सहकारी संस्थाबाटै हुण्डी कारोबार हुने गरेको थियो ।
सहकारीका अध्यक्ष विराटनगर–७ कै राजेश हेडा, विराटनगर–११ का सुमित साह र विराटनगर–१२ का दीपककुमार कर्णलाई समातिएको एसपी केसीले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ माघ २०७५, ०७ : ५७
लेखकबाट थप